२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटको राडीपाखी व्यवसाय धरासायी बन्दै

१३ फाल्गुन २०७४, आईतवार ०६:००

फागुन १३, जाजरकोट। बारेकोट गाउँपालिका जिरीका हरि शाहीले कुनै बेला मासिक ६ वटा राडीपाखी उत्पादन गर्थे। उहाँलाई माग धेरै आउँदा राडी तयार गर्न समस्या हुन्थ्यो। आजभोलि महिनामा एउटा राडीसमेत बिक्री गर्न समस्या हुने गरेको उहाँ बताउनुहुन्छ । 

उहाँ मात्र होइन, जिल्लामा राडीपाखी व्यवसायलाई आफ्नो प्रमुख पेसा बनाएकाको व्यवसाय संकटमा पर्दै गएको छ। आफूले सिकेको सीप दोस्रो पुस्तामा हस्तान्तरण नहुँदा उनीहरूको व्यवसाय संकटमा परेको हो। बजारमा पाइने गलैँचा, कम्बल लगायतका सामग्रीले आफ्नो व्यवसाय संकटमा परेको उनीहरू बताउँछन् । जाजरकोटमा परम्परागत रूपमा बुनिँदै आएका राडीपाखी र बख्खु बिस्तारै लोप हुँदै गएका छन् । 

केही वर्षअघि सम्म हरेक घरमा भेडा तथा बाख्राको ऊनबाट तयार गरिने कपडाको प्रयोग हुन्थ्यो। स्थानीयवासी जनकबहादुर शाहीका अनुसार बजारमा तयारी कपडा सस्तोमा पाइने भएकाले हातले तयार गरेका कपडाको माग घट्दै गएको छ। युवापुस्ताले सीप नसिक्नु र तयारी कपडाको व्यापार ग्रामीण क्षेत्रसम्म बढ्दै जानुले राडीपाखी र बख्खु बिस्तारै लोप हुन हुन लागेको उहाँले बताउनुभयो । 

हिमाली क्षेत्रमा पाइने भेडाको रौँबाट ऊन तयार पारेर राडीपाखी र बख्खु बुन्ने गरिन्छ। एउटा राडी बुन्नका लागि कम्तीमा पनि दश दिन लाग्ने स्थानीयवासी रामबहादुर रावतले बताउनुभयो । “समय पनि बढी लाग्ने र बिक्री गर्दा त्यति फाइदा नहुने भएकाले अहिले राडीपाखी र बख्खु बुन्ने काम घट्दै गएको छ,” उहाँले भन्नुभयो, “अहिले त्यस्ता सामग्री आफन्तलाई कोशेलीका रूपमा पठाउनका लागि मात्र बुन्ने गरिएको छ। पहिले धेरै बिक्री हुन्थ्यो, आजभोलि बजारमा मागसमेत घटेकाले बिक्री हुन छाडेको छ।” बजारमा एउटा राडी रु चारदेखि छ हजार सम्ममा बिक्री हुने गरेको छ। 

समय खर्चिएर भेडाको ऊन काटेर धागो बनाई राडीपाखी र बख्खु बुन्नुभन्दा बजारबाट कपडा किन्न सजिलो भएकाले घरमै गर्न सकिने यो पेशा बिस्तारै लोप हुँदै गएको स्थानीयवासी बताउँछन्। पुरानो पुस्ताले गाउँमै बुनिएको कपडा प्रयोग गर्दै आए पनि नयाँ पुस्ताले प्रयोगमा रुचि नदेखाएको जाजरकोट उद्योग वणिज्य संघका अध्यक्ष कर्णबहादुर खत्रीले बताउनुभयो। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य