८ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

भैरव देवताका पुजारीको तलब बोकाको टाउको

६ आश्विन २०७२, बुधबार १२:०५

parbat news

असोज ६, पर्बत । तपाई कुनै सरकारी निकायमा काम गर्नुस् या नीजि संस्थाको कार्यालयमा पद र क्षमता अनुसार निश्चित रकम तलव तोकिएको हुन्छ । तलव विना कसैले काम गर्दैन ।

तलव भनेपछि निश्चित रुपैया उल्लेख गरिन्छ । यहाँको एक चर्चित देवताको मन्दिरमा पुजा गर्न राखिएका पुजारीको तलव भने बोकाको टाउको तोकिएको छ । भक्तजनले बलि चढाएको बोकाको धेरै टाउका मध्ये एउटा टाउको नै पुजारीको तलव हो । बाग्लुङको अमलाचौरस्थित भैरवस्थान देवताका पुजारी टेकबहादुर शाहीले पुजा गरे वापत मासिक कुनै तलव भुक्तानी पाउने गरेका छैनन् ।

उनले तलव पाउँछन् भने बोकाको एउटा टाउको । तलव वापतको बोकाको एउटा टाउको मन्दिर व्यवस्थापनको ठेक्का लिने ठेकेदारले दिने गर्दछ । यो आर्थिक वर्ष पुजा व्यवस्थापनको ठेक्का ५ लाख बराबरमा दिईएको बताईएको छ । पुजारी शाही विगत पाँच वर्षदेखि भैरव देवताको पुजा गर्दै आएका छन् । भैरव देवतालाई प्रत्येक महिनाको मंगलवार र शनिवार भक्तजनहरुले बोकाको बलि चढाउने गर्दछन् ।

प्रत्येक मंगलवार र शनिवार चढ्ने बलिको संख्या यकिन नहुने पुजारी शाही बताउँछन् । शनिवार भन्दा मंगलवार बोकाको बलि धेरै चढ्ने पुजारीको भनाई छ । सामान्य महिनाहरुमा मंगलवार न्यूनतम दश वटा र शनिवार पाँच वटा सम्म बलि चढ्ने गर्दछ । आफ्नो मनोकामना पुरा गर्न भक्तजनले बलि चढाउने गरेको पाइन्छ । पुजारीका अनुसार मंसीर र वैशाखमा बलि चढ्ने संख्या मंगलवार एक दिन मात्र बढीमा ४० देखि ५० वटा सम्म हुन्छ ।

धेरै टाउको चढेको दिन पनि पुजारीले पाउने भनेको एउटै टाउको हो । ठेकेदारले मन्दिरमा चढाउने टाउकालाई न्यूनतम ५०० रुपैया देखि २५०० रुपैया सम्ममा विक्री गर्दछ । मूल्य बोकाको टाउकोको आकार अनुसार तय हुने पुजारीको भनाई छ । मन्दिरमा भक्तजनले चढाएको दान रकम सवै ठेकेदारलाई बुझाउने पुजारीले बताए । भैरवस्थान गुठी व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र थापाले पुजारीको तलव बोकाको एउटा टाउको भएको स्वीकार गर्छन् ।

उनी भन्छन्–‘यो परम्परादेखि चल्दै आएको नियम हो ।’ पुजारी शाही भने बोकाको एउटा टाउकोबाट मात्र आफ्नो दैनिक गुजारा धान्न मुश्किल भएको बताउँछन् । नवदुर्गा र चैत्राष्टमीमा नौ दिन नै विशेष भैरवको विशेष पुजा गरिन्छ ।

एकै दिन ४०० देखि ५०० जना सम्म टाढा टाढाबाट भक्तजनहरु आउने पुजारीको भनाई छ । भैरवलाई काल भैरवको रुपमा पुजा गर्दै भक्तजनहरुले भाकल गर्ने गर्दछन् । भक्तजनले धनप्राप्ति, सुखशान्ति, मुद्धामामिला मिलोस्, सन्तान प्राप्ति होस् भनी भाकल र पुजा गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई अल्लु अर्जुनको घरमा आक्रमण गर्ने तेलंगानाका मुख्यमन्त्री रेड्डीको सहयोगी भएको दाबी माओवादीले माग्यो लेखा समिति सभापतिको राजीनामा थाइल्याण्ड, म्यानमार, लाओस लगायत देशमा जाने नेपालीका लागि ३ बुँदे ट्राभल एडभाइजरी जारी टाउकोमा सिलौटाले हानेर २२ वर्षिया श्रीमतीको हत्या ऋषिकेश पोखरेलकी श्रीमती अदालतमा उपस्थित हुनु राम्रो हुन्छ : योगेश भट्टराई नेप्सेमा २८.९१ अंकको वृद्धि भ्वाइस अफ नेपाल-६ काे काेचबाट बाहिरिए प्रमोद, भित्रिए खेम र मेलिना, प्रोमो सार्वजनिक (भिडियो) बालकोटमा बाबु–छोरा मृत फेला: केही दिनअघि मात्रै काठमाडौं आएका थिए बाबु, कोठा भाडामा लिएर अध्ययन गर्दै थिए दुई छोरा सहकारी ठगीको आरोपमा चन्द्रागिरि–१२ का वडाध्यक्ष महर्जन पक्राउ दोषी ठहरिए रवि आजीवन रास्वपा सदस्य समेत हुन नपाउने पाँच देशका नवनियुक्त राजदूतहरूले लिए सपथ ग्रहण सभामुखलाई भेटेर रास्वपा सांसदले भने: ‘रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्न मिल्दैन’ डीपी अर्याललाई रास्वपाको कार्यवाहक सभापति बनाउने तयारी जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै २ करोड ठगी गर्ने पक्राउ बालकोटमा डेरा गरी बस्ने बुबा–छोरा मृत फेला, सँगै बस्दै आएका अर्का छोरा सम्पर्कबिहीन रविको सांसद पद निलम्बनबारे दीपक बोहरा भन्छन्ः ‘राजनीतिक पूर्वाग्रहले प्रेरित भएर निलम्बन गर्न खोजियो’ एनपीएलको फाइनलमा क्रिकेट मैदान बाहिर युवकलाई कुटेको आरोपमा दुई जना पक्राउ अमेरिकामा रेलभित्रै आगो लगाएर एक महिलाको हत्या हिरासतमा रहेका रविको फोटो सार्वजनिक गर्ने निकोलस भुसाललाई पोखरा पठाइयो