२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटको स्थानीय तहमा चिकित्सक नहुँदा स्थानीयवासी मर्कामा

२५ फाल्गुन २०७४, शुक्रबार ०६:५६

फागुन २५, जाजरकोट | स्वास्थ्यचौकी लिम्सामा दरबन्दीअनुसार चिकित्सक नहुँदा यहाँका स्थानीयवासी मर्कामा परेका छन् । 

स्वास्थ्य चौकीमा कार्यरत चिकित्सक नारायण जोशीको सरुवा भइसकेको र अर्का चिकित्सक सन्दीपकिरण प्रधान तालीमका लागि जिल्ला बाहिर भएका कारण यहाँका स्थानीयवासीले स्वास्थ्य सेवा पाउन सकेका छैनन् । 

करिब एक महिनादेखि बारेकोट गाउँपालिका स्थानीयवासी उपचारका लागि लिम्सा आए पनि चिकित्सक नहुँदा पीडाबोध हुँदै फर्कने गरेको स्थानीयवासी सञ्चारकर्मी कालीप्रसाद थापाले जानकारी दिनुभयो । 

स्वास्थ्य चौकीमा औषधि पर्याप्त मात्रामा भए पनि चिकित्सक नहुँदा समस्या भएको स्वास्थ्य चौकीले जानकारी दिने गरेको छ । एक्सरेदेखि ल्यावसम्मका सेवा प्रवाह गर्ने भनिएको यो स्वास्थ्य चौकीमा स्थानीयवासीले समयमा उपचारपाउन सकेका छैनन् । 

चिकित्सक नहुँदा यस क्षेत्रमा शव परीक्षणका कामसमेत अवरुद्ध हुँदै आएको छ । जाजरकोट सदरमुकामबाट बारेकोट गाउँपालिकाको लिम्सामा पुग्न दुई दिन लाग्ने गर्दछ । 

साविकका चार गाविसको लागि एउटा मात्र सुविधासम्पन्न भनिएको स्वास्थ्य चौकीमा यस्तो समस्य आउँदा स्थानीयवासी आक्रोषित भएका हुन् । टेलिफोन, विद्युत्, सडक र बैंकजस्ता सुविधा नहुँदा यस क्षेत्रका स्थानीय समस्यामा पर्दै आएका छन् । 

नेपाल खाद्य संस्थानले जाजरकोटबाट समयमै ढुवानी हुन नसक्दा खाद्यान्न समेत अभाव यही क्षेत्रमा भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य