२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटको पचास शैयाको अस्पताल एक जनाको भरमा

२६ फाल्गुन २०७४, शनिबार १६:०८

फागुन २६, जाजरकोट । जाजरकोट अस्पताल विगत एक महिनादेखि एक चिकित्सकको भरमा चल्दै आएको छ । विशेषज्ञ सेवा प्रवाह गर्ने उद्देश्यले ५० श्ययामा रुपान्तरण गरी सेवा बिस्तार गरिएको जाजरकोट अस्पताल एक जना चिकित्सकको भरमा चल्दा सेवा प्रवाहमा समस्या भएको छ ।

शल्यक्रिया सेवा, विशेषज्ञ सेवालगायतका दर्जन बढी सेवा प्रवाह गर्ने भनिए पनि अहिले जिल्लावासीले सामान्य सेवा नपाउँदा दैनिक पीडा थपिएको जुनीचाँदे गाउँपालिका–४ का रेशमबहादुर खड्काले बताए । अन्य चार जना डाक्टर बिदामा बसेका कारण दैनिक उपचारमा समस्या भएको छ । विशेषज्ञ, डाक्टर गरी ५९ जनाको दरबन्दी भएको जाजरकोट अस्पतालमा डाक्टर नहुँदा जिल्लावासीले हैरानी भोग्नुपरेको छ ।

स्वास्थ्य मन्त्रालयले जाजरकोट अस्पताललाई ५० श्ययामा विस्तार गरे पनि १५ श्ययाको कार्यक्रम पठाउँदा काम गर्न समस्या भएको अस्पतालको भनाइ छ । जाजरकोट अस्पतालमा विशेषज्ञ डाक्टर ११ को दरबन्दी खाली रहेको छ ।

त्यस्तै चार जना डाक्टरको दरबन्दी भए पनि अहिले एक जना मात्र कार्यरत रहेका छन् भने अन्य खाली रहेको छ । ल्याव, एचएको दरबन्दी पनि खाली रहेको छ । सदरमुकामकै जाजरकोट अस्पतालको हालत यो अवस्थामा छ भने गाउँमा रहेका स्वास्थ्य संस्थाको हबिगत कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ । प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा बारेकोट दुई जना डाक्टरको दरबन्दी भए पनि अहिले केन्द्र अस्पतालविहीन भएको छ ।

त्यस्तै गर्खाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा पनि त्यस्तै समस्या रहेको छ । जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा जिल्लाको स्वास्थ्यमा ठूलो समस्या छ । आवश्यक उपकरणको अभावमा जिल्लाका सबै स्वास्थ्य संस्थामा समस्या भएको छ ।

जाजरकोट सदरमुकाममा अस्पतालको प्रसूति गृह लगाएतका भवन समयमा निर्माण नहुँदा सेवाग्राहीले सास्तीपूर्वक सेवा लिन बाध्य भएका छन् । अस्पतालमा डाक्टर नहुँदा यहाँका स्थानीयवासी देशका अन्य ठाउँमा गएर उपचार गर्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य