२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा शक्तिशाली प्रधानमन्त्री बन्दै ओली

२०७४, २७ फाल्गुन आईतवार ०२:२४

फागुन २७, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा दुईतिहाइभन्दा बढी मत पाउने भएका छन्।

प्रतिनिधिसभाको आइतबार अपराह्न बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव राख्ने छन्। त्यसपछि प्रस्तावमाथि छलफल भई पक्ष र विपक्षमा मतदान हुनेछ। शनिबार साँझसम्मको राजनीतिक समीकरण अनुसार ओलीको पक्षमा २ सय ९ मत पर्ने देखिएको छ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले पक्षमा मतदान गर्ने सम्भावना भए पनि निर्णय भने गरिसकेको छैन। नेमकिपाले पक्षमा मतदान गरे प्रधानमन्त्री ओलीले २१० मत प्राप्त गर्नेछन् । २७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्रीको पक्षमा २१० मत खसे त्यो कुल संख्याको ७६.३६ प्रतिशत हुनेछ ।

यस हिसाबले ओली नेपालको संसदीय इतिहासमा शक्तिशाली प्रधानमन्त्री हुनेछन् । यसअघि २०१५ मा सम्पन्न संसदीय चुनावमा नेपाली कांग्रेसले १ सय ९ सदस्यीय प्रतिनिधिसभामा ७५ सिट जितेको थियो । त्यसपछि बिपी कोइरालाको नेतृत्वमा सरकार गठन भएको थियो ।

समयक्रममा ६ दशकपछि नेपाली कांग्रेसबाहेक सबैजसो राजनीतिक दल सरकारको पक्षमा एकै ठाउँमा उभिएका छन् भने कांग्रेसमात्रै प्रधानमन्त्रीको विपक्षमा उभिएको छ ।

त्यसो त नयाँ शक्ति पार्टी पनि विपक्षमा नै उभिने भएको छ । तर सो दलका एकमात्र सांसद डा. बाबुराम भट्टराई विदेश भ्रमणमा भएका कारण मतदानमा सहभागी हुने छैनन् । उनी आइतबार साँझमात्रै स्वदेश फर्कंदै छन्। – यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह