2026-09-15 03:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

टीकापुर घटनाका अभियुक्तहरुद्वारा अनशन स्थगित

फागुन २८, धनगढी | कैलाली कारागारमा रहेका टीकापुर घटनाका अभियुक्तहरुले आज आठौँ दिनमा अनशन तोडेका छन् । 

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले अनशनकारीमध्येका लाहुराम चौधरीलाई जुस खुवाएर अनशन तोडाउनुभएको हो । 

अनशनकारीले राखेका माग सम्बोधनका लागि सम्बन्धित निकायमा पुर्याउनेलगायत विषयमा सहमति भएपछि अनशन तोड्न सहमत भएको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो । 

कैलाली निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशमलाल चौधरीलाई विजयी भएको प्रमाणपत्र दिई शपथ ग्रहणको व्यवस्था गर्नु पर्ने, टीकापुर घटनामा थुनिएकालाई लगाइएको मुद्दा फिर्ता लिनु पर्ने, थरुहट संघर्ष समितिले राखेका माग सम्बोधन हुनुपर्नेलगायत माग राखेर पुर्पक्षका लागि कारागारमा रहेका २४ जनाले यही फागुन २० गतेदेखि कारागारमै अनशन थालेका थिए । 

अनशनकै क्रममा बिरामी परेका रेशमलाल चौधरीको थप उपचार आवश्यक रहेको भन्दै सेती अञ्चल अस्पतालले सिफारिस गरेपछि उहाँलाई दुई दिनअघिमात्रै काठमाडौँ पु¥याइएको थियो । 

दुई वर्षअघि टीकापुरमा भएको हिंसात्मक घटनामा आठजना प्रहरी र एक नाबालकको ज्यान गएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ