२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उड्नुअघि दाईको टेलिफोनः काठमाडौँको मौसम कस्तो छ ?

२०७४, २८ फाल्गुन सोमबार १७:१७

प्रकाश सिलवाल | फागुन २८, काठमाडौ (रासस) | ‘मध्याह्न बाह्र बजेतिर फोन गरेर काठमाडौँको मौसम कस्तो छ बहिनी भनेर सोध्नुभएको थियो । मैले ठिकै छ, घाम लागिरहेको छ दाइ’ भनेको थिएँ तर…’ यति बोलेपछि निर्मला बोहराको गला अवरुद्ध भयो । 

ढाकाबाट काठमाडौँ उड्नुअघिको दाइको त्यही शब्द सम्झिएर भाव विह्वल भएकी बहिनी निर्मलामा साँझ ७:३० बजेसम्म दाइको अवस्था पत्तो नहुँदा चिन्ता र अन्योल थपियो । 

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त विमान युएस बंगलादेशमा परेका आफ्ना दाइ बैतडीका सोविन्द्रसिंह बोहराको अवस्था पत्ता लगाउन विभिन्न अस्पतालमा पुगे पनि तत्काल अवस्था पत्ता लाग्न सकेन । सिनामंगलको काठमाडौँ मेडिकल कलेज, नयाँ वानेश्वरको निजामती, माइतीघरको अन्नपूर्ण न्यूरो हुँदै थापाथलीको नर्भिक अस्पतालसम्म पुग्दा पनि दाइ कुन अवस्थामा कहाँ हुनुहुन्छ भन्ने उहाँको परिवारले थाहा पाउन सकेन । 

नर्भिकमा ल्याएका पाँच घाइतेमा पनि सोविन्द्रसिंहको नाम नदेखिएपछि प्रहरी, चिकित्सिक, सञ्चारकर्मी र सम्बन्धित सबैतिर बुझ्दै निर्मला र उहाँका आफन्त महाराजगञ्जस्थित शिक्षण अस्पतालमा कुँदे, त्यहाँ सोविन्द्रसिंहलाई ल्याइएको बताइए पनि उहाँसँग तक्काल भेट्न दिइएन । सुरक्षाकर्मीले गम्भीर अवस्थामा उपचार गराइरहेको जानकारी मात्र दिए, निर्मलाको मनको ढुकढुकी झन बढ्यो । सँगै रहेका निर्मलाका श्रीमान्ले नरुन सम्झाउँदा पनि उहाँको आँशु रोकिएको थिएन । 

त्यतिबेलासम्म विमानका ७१ यात्रुमध्ये ४९ जनाको ज्यान गइसकेको पुष्टि भइसकेको थियो । त्यसमध्ये ११ जना नेपालीको मात्र जीवित उद्धार भएको जानकारी नागरिक उडड्यन प्राधिकरणले दिएको छ । 

विमानमै रहेका अर्का यात्रु पाटन निवासी राजभाइ शाक्यको छोरी आस्था शाक्यको पनि साँझसम्म अवस्था पत्ता लागेको छैन । राजभाइ पनि विभिन्न अस्पतालमा चाहार्न पुग्नुभयो । कुन घाइते कहाँकहाँ कतिखेर लगिएको भन्ने व्यवस्थित सूचना नहुँदा पनि परिवार र आफन्तले थप हैरानी बोहोर्नुपरेको जनाए । नर्भिक अस्पतालमा टोलाइरहेका राजभाइका साथी टेकरत्न बज्राचार्यले भन्नुभयो, “घटना सुन्नेबित्तिकै साह्रै तनाव भएर आस्थालाई खोज्न आएँ तर हालससम्म भेटिएको छैन ।” पच्चीस वर्षीया आस्था चिकित्सा शिक्षाको पढाइ सकेर स्वदेश फर्कनुभएको थियो । 

नर्भिकमा उपचारका लागि ल्याइएका पाँचमध्ये वोन ट्राभल एजेन्सी, हात्तिसारका विनोदराज पौडेलको टाउँकोमा गम्भीर चोट देखिएको छ । उहाँलाई थप उपचारका लागि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पठाइएको छ । यहाँ ल्याइएका अन्य तीन नेपालीको अवस्था सामान्य देखिन्छ भने एक बंगलादेशीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

उपचाररतमध्ये कीर्तिपुर निवासी बत्तिसपुतलीका ट्राभल एजेन्टस् व्यवसायी वसन्त बोहराको हातखुट्टा र टाउँकोमा चोट लागे पनि बोल्नसक्ने अवस्थामा हुनुहुन्छ । रेम्बो ट्राभल, गैह्रीधाराका आशिष रञ्जीत र लक्ष्मी ट्राभलका सनम शाक्यको पनि खुट्टा र हातमा चोट लागेको छ । “सनमलाई सघन उपचार कक्षमा भेटेर आएँ, बोल्न सक्ने हुनुहुन्छ”, उहाँका एक आफन्तले भन्नुभयो । 

सो विमानमा बंगलादेशमा ट्राभल एजेन्टस् व्यवसायीको एक पुरस्कार वितरण कार्यक्रममा सहभागी भई फर्केका र चिकित्सा शिक्षा पढेर फर्केका अधिकांश यात्रु सवार रहेको पाइएको छ । बंगलादेशी यात्रुको विस्तृत विवरण आइसकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो