Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नगरप्रमुखमाथि आक्रमण गरेको आशंकामा तीन पक्राउ

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन २९, धनगढी | कैलालीको मध्यक्षेत्रमा रहेको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार भएको घटनामा संलग्न रहेको आशंकामा तीन जना पक्राउ परेका छन् ।

प्रदेश नं ७ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक माधव नेपालले पक्राउ परेका शंकास्पद तीन जनामाथि अनुसन्धान थालिएको बताउनुभयो ।

‘पक्राउ परेकाहरुको नाम दिन अहिल्यै मिल्दैन,’ नेपालले भन्नुभयो – आक्रमणकारी आज बेलुका वा भोलिसम्ममा पहिचान भइसक्छन् ।’ घटनास्थलबाट प्रहरीले से २ प ३६७१ नं को मोटरसाइकल बरामद गरेको छ ।

घोडाघोडी नगरपालिकाको सुखड बजारको आफ्नै घरमा रहेका प्रमुख चौधरीलाई मोटरसाइकलमा आएका अज्ञात तीन व्यक्तिले गएराति टाउकामा खुकुरी र पेट र खुट्टामा गोली प्रहार गरी फरार भएका थिए ।

आक्रमणबाट घाइते हुनुभएका चौधरीलाई तत्काल घोडाघोडी अस्पतालमा लगिएकामा थप उपचारका लागि गएराति नै नेपालगञ्ज लगिएको थियो । उहाँलाई नेपालगञ्जबाट हेलिकप्टरमार्फत आज काठमाडौँं लगिएको छ ।

उहाँको खुट्टा र कम्मरमा गोली लागेको थियो भने टाउकोमा खुकुरी प्रहार भएको थियो । नेत्रविक्रम चन्द विप्लबका कार्यकर्ताले नगर प्रमुख चौधरीलाई राजीनामा दिन दबाब दिएको बताइएको छ ।

यस्तै, उहाँलाई केही दिनअघि सोही नगरपालिकाको देउकलियामा बोक्सीको आरोपमा स्थानीय युवती राधा चौधरीमाथि भएको कुटपिटको घटना गाउँमै मिलाउन दबाब दिई प्रहरी कार्यालयमा उजुरी गर्न नदिएको आरोप लागेको थियो । नेकपा (एमाले)का तर्फबाट उहाँ नगरपालिकाको प्रमुखमा विजयी हुनुभएको हो । रासस