2026-06-16 06:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसारकै उत्कृष्ट पथप्रदर्शकमा सिलवाल

२०७४ चैत्र ८, बिहीवार

चैत ८, काठमाडौं | मूलधारको सक्रिय पत्रकारिताबाट अलग भएर पर्यटकका पथप्रदर्शक बन्नुभएका अशोक सिलवाल संसारका ‘टप हन्ड्रेड गाइड’को सूचीमा समेटिनुभएको छ । 

संसारभरिका यात्री र पर्यटकलाई जोड्ने सबैभन्दा ठूलो अनलाइन पोर्टल टुरएचक्यूले उहाँलाई ‘ग्लोबल टुर गाइड अवार्ड २०१८’ प्रदान गरेको छ ।

 सिंगापुरस्थित संस्थाले पर्यटकलाई अविश्वसनीय अनुभव दिलाएको भन्दै सिलवाललाई उक्त सम्मान प्रदान गरेको हो । उक्त पोर्टलले संसारभरका २६ हजारभन्दा बढी सक्रिय पथप्रदर्शकमध्येबाट उत्कृष्ट १०० को सूची तयार गरेको थियो । “२६ हजारभन्दा बढी गाइडहरुले यो सफल यात्रामा योगदान गरेका छन्, तपाईं जस्तै केही गाइडले बृहत् ज्ञान, अतुलनीय सेवा र मिलनसार व्यवहारका कारण उत्कृष्टता हासिल गरेका छन्” टुरएचक्यूले भनेको छ । 

आधा दशकअघिसम्म पत्रकारितामा सक्रिय सिलवाल पछिल्लो समय पथप्रदर्शन र लेखनमा सक्रिय हुनुहुन्छ । उहाँले भूकम्पपछि मानवविहीन लाङटाङमा पत्रकारका रुपमा सबैभन्दा पहिले पैदलै पुगेर त्यहाँको अवस्था समेटिएका दुई वृत्तचित्र ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’(बिउँझँदै र हिँड्दै) तयार गर्नुभएको थियो । पछिल्लो तीन वर्षको पथप्रदर्शन काममा ६० भन्दा बढी देशका पर्यटकलाई आफूले घुमाएको सिलवाल बताउनुहुन्छ । 

भूकम्पले थिलथिलो भएको लाङटाङको वास्ताविकता जनसमक्ष ल्याउन भूमिका खेलेवापत सिलवाललाई लाङटाङ मेनेजमेन्ट एन्ड रिकन्सट्रक्सन कमिटीले लाङ्टाङ सद्भावनादूत बनाएको छ । मुलुकको पर्यटकीय क्षेत्रको उत्थान र प्रवद्र्धनमा भूमिका खेलेको भन्दै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पनि उहाँलाई सम्मान गरिसकेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते