२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा आर्थिक गणना वैशाख १ देखि शुरु हुने

१८ चैत्र २०७४, आईतवार ०६:२२

चैत १८, जाजरकोट | आगामी वैशाख १ गतेदेखि जाजरकोटमा आर्थिक गणना शुरु हुने भएको छ । जिल्लाको समग्र आर्थिक क्रियाकलापको स्थिति पत्ता लगाउन आर्थिक गणना गर्न थालिएको हो । 

आर्थिक गणनाका लागि जिल्लामा चैत १ गतेदेखि आर्थिक गणना कार्यालय स्थापना गरेर व्यवस्थापकीय काम शुरु गरिएको छ । २०७५ साल असार मसान्तमा आर्थिक गणना सक्ने गरी वैशाख १ देखि गणक फिल्डमा खटाइने तयारी गरिएको आर्थिक गणना कार्यालय जाजरकोटका आर्थिक गणना अधिकृत जनक बोहराले बताउनुभयो ।

कार्यालयले प्रशासनिक निकाय र घुमन्ते आर्थिक कारोबार गर्नेबाहेक सम्पूर्ण व्यापारिक प्रतिष्ठानको तथ्यांक संकलन गर्नेछ । यसमा व्यापारिक प्रतिष्ठानको परिचयात्मक विवरण, आम्दानी, कारोबार विवरण, ऋणमा पहुँच कारोबारसम्बन्धी विवरण संकलन गरी आर्थिक तथ्यांक संकलन गरिने छ । 

आर्थिक गणनाअन्तर्गत खानी तथा उत्खनन, औद्योगिक उत्पादन, वित्तीय तथा बीमा, विद्यालय, कलेज, गैरसरकारी संस्था अर्धसरकारी निकाय, प्राइभेट लिमिटेड, उपभोक्ता समिति लगायतका क्षेत्रको विवरण संकलन गरिने जिल्ला आर्थिक गणना कार्यालयले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य