२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

यार्सा व्यापारले बदलिदै बझाङको सदरमुकाम

१९ चैत्र २०७४, सोमबार १२:०२

सम्राट सिंह/चैत्र १८, बझाङ | हिमाली जिल्ला बझाङ सदरमुकाम चैनपुर यार्सा व्यापारले दिन प्रतिदिन बदलिदै गइरहेको छ । यार्सा व्यापार गरी विकट गाविस मा बसोबास गर्दै आएका बासिन्दाहरु महङगो जमिन खरिद गरी सदरमुकाममा झर्न थालेपछि चैनपुर बदलिदै गएको हो ।

ग्रामिण भेगका बासिन्दाले एक सिजनमा यार्सा संङकलन गरी प्रति परिवारले दश देखि पन्ध्र लाख सम्म आयआर्जन गर्ने गरेका छन । यार्सा व्यापार गरी प्रायजसो दौलिचौर, दाँतोला, कोटदेवल,कैलाश, काँडा, दहबगर, लेकगाउँ का बासिन्दाहरु सदरमुकाम झर्न थालेका हुन ।

यार्सा बिक्रि गरी सुर्मा,दौलिचौर गाविसका झण्डै एक सय पचास परिवारले सदरमुकाम चैनपुरमा जमिन खरिद गरी घर समेत बनाइ बसोबास गर्दै आएका दौलिचौर गाविसका ज्ञान बहादुर बोहोराले बताए । उनले भने यार्सा नै ग्रामिण भेगका बासिन्दाको आयआर्जनको मुख्य स्रोत बनेको छ । 

यार्सा व्यापार गरी प्रतिवर्गमिटर दश हजार देखि पचास हजार रुपिया सम्म जमिन खरिद गरी सदरमुकाम चैनपुरमा ठूला ठूला घर निर्माण गरेका छन । जिल्लामा यार्सा सङकलकहरु प्रत्येक बर्ष बैशाख देखि असार सम्म यार्सा संङकलन गर्न लेकतिर जाने गर्दछन । विगत दश बर्ष अगाडि बिस पच्चिस परिवारको बसोबास रहेको चैनपुरमा अहिले झण्डै सात सय परिवार बसोबास गरिरहेका छन ।

सदरमुकाममा शिक्षा,स्वास्थ्य,यातायात,संञ्चार जस्ता आधारभुत आवश्यकताहरु उपभोग गर्न विकट गाविसबाट बासिन्दाहरु सदरमुकाम केन्द्रित बनेका जयपृथ्वी नगरपालिका निमित्त प्रमुख शेर बहादुर बिष्टले बताए ।

सेती नदी र बाउली खोलाको बिच भागमा रहेको चैनपुर झट्ट हेर्दा टापु जस्तै देखिन्छ । अधिकांस सरकारी कार्यालय र व्यापार व्यवसाय गर्ने मानिसहरु चैनपुरमा भएकाले मानिसहरुको चहल पहल पनि चैनपुरमा नै हुन्छ । बझाङ सदरमुकाम चैनपुरमा हाल बाहिरी जिल्लाका व्यापारीहरुको बढी बाहुल्यता रहेको छ ।

तिन सिजनको यार्सा कमाइले सदरमुकाम चैनपुरमा जमिन खरिद गरी दुई तले घर निर्माण गरेको सुर्मा गाविस घर भएका टेक बहादुर बोहोराले बताए । उनले भने यार्साको कमाइले बर्षभरी खान,लगाउन पुगेको र  २ वटा केटाकेटी पढाउन धनगढी पठाएको छु । 

यार्साले ग्रामिण भेगका बासिन्दाहरुको जिवनमा परिवर्तन ल्याएको छ । सिजनमा ८ बर्ष माथिका विद्यार्थीहरु पनि आफ्ना अभिभावक सँग यार्सा सङकलन गर्न लेकमा गएर विभिन्न संघर्ष गर्दै यार्सा संकलन गरेर तिन महिना पछि लेकबाट घर फर्कने गर्दछन । यार्सा संकलकहरुले चैनपुरमा ठूला ठूला घर निर्माण गरी सदरमुकाम चैनपुरको मुहार नै फेरीएको छ  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै