२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

यार्सा व्यापारले बदलिदै बझाङको सदरमुकाम

२०७४, १९ चैत्र सोमबार १२:०२

सम्राट सिंह/चैत्र १८, बझाङ | हिमाली जिल्ला बझाङ सदरमुकाम चैनपुर यार्सा व्यापारले दिन प्रतिदिन बदलिदै गइरहेको छ । यार्सा व्यापार गरी विकट गाविस मा बसोबास गर्दै आएका बासिन्दाहरु महङगो जमिन खरिद गरी सदरमुकाममा झर्न थालेपछि चैनपुर बदलिदै गएको हो ।

ग्रामिण भेगका बासिन्दाले एक सिजनमा यार्सा संङकलन गरी प्रति परिवारले दश देखि पन्ध्र लाख सम्म आयआर्जन गर्ने गरेका छन । यार्सा व्यापार गरी प्रायजसो दौलिचौर, दाँतोला, कोटदेवल,कैलाश, काँडा, दहबगर, लेकगाउँ का बासिन्दाहरु सदरमुकाम झर्न थालेका हुन ।

यार्सा बिक्रि गरी सुर्मा,दौलिचौर गाविसका झण्डै एक सय पचास परिवारले सदरमुकाम चैनपुरमा जमिन खरिद गरी घर समेत बनाइ बसोबास गर्दै आएका दौलिचौर गाविसका ज्ञान बहादुर बोहोराले बताए । उनले भने यार्सा नै ग्रामिण भेगका बासिन्दाको आयआर्जनको मुख्य स्रोत बनेको छ । 

यार्सा व्यापार गरी प्रतिवर्गमिटर दश हजार देखि पचास हजार रुपिया सम्म जमिन खरिद गरी सदरमुकाम चैनपुरमा ठूला ठूला घर निर्माण गरेका छन । जिल्लामा यार्सा सङकलकहरु प्रत्येक बर्ष बैशाख देखि असार सम्म यार्सा संङकलन गर्न लेकतिर जाने गर्दछन । विगत दश बर्ष अगाडि बिस पच्चिस परिवारको बसोबास रहेको चैनपुरमा अहिले झण्डै सात सय परिवार बसोबास गरिरहेका छन ।

सदरमुकाममा शिक्षा,स्वास्थ्य,यातायात,संञ्चार जस्ता आधारभुत आवश्यकताहरु उपभोग गर्न विकट गाविसबाट बासिन्दाहरु सदरमुकाम केन्द्रित बनेका जयपृथ्वी नगरपालिका निमित्त प्रमुख शेर बहादुर बिष्टले बताए ।

सेती नदी र बाउली खोलाको बिच भागमा रहेको चैनपुर झट्ट हेर्दा टापु जस्तै देखिन्छ । अधिकांस सरकारी कार्यालय र व्यापार व्यवसाय गर्ने मानिसहरु चैनपुरमा भएकाले मानिसहरुको चहल पहल पनि चैनपुरमा नै हुन्छ । बझाङ सदरमुकाम चैनपुरमा हाल बाहिरी जिल्लाका व्यापारीहरुको बढी बाहुल्यता रहेको छ ।

तिन सिजनको यार्सा कमाइले सदरमुकाम चैनपुरमा जमिन खरिद गरी दुई तले घर निर्माण गरेको सुर्मा गाविस घर भएका टेक बहादुर बोहोराले बताए । उनले भने यार्साको कमाइले बर्षभरी खान,लगाउन पुगेको र  २ वटा केटाकेटी पढाउन धनगढी पठाएको छु । 

यार्साले ग्रामिण भेगका बासिन्दाहरुको जिवनमा परिवर्तन ल्याएको छ । सिजनमा ८ बर्ष माथिका विद्यार्थीहरु पनि आफ्ना अभिभावक सँग यार्सा सङकलन गर्न लेकमा गएर विभिन्न संघर्ष गर्दै यार्सा संकलन गरेर तिन महिना पछि लेकबाट घर फर्कने गर्दछन । यार्सा संकलकहरुले चैनपुरमा ठूला ठूला घर निर्माण गरी सदरमुकाम चैनपुरको मुहार नै फेरीएको छ  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते