मनोज पराजुली | चैत्र १९ काठमाडौँ । प्रधानमन्त्री निवास आगाडी नै डम्पिङ साइड बनेको छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ तर यो वास्तविकता हो हेर्नुहोस यो फोटो 

सरकारले काठमाण्डौ प्लास्टिक मुक्त घोषणा समेत गरिसकेको छ तर सो निर्णयको कार्यान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मनोज पराजुली | चैत्र १९ काठमाडौँ । प्रधानमन्त्री निवास आगाडी नै डम्पिङ साइड बनेको छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ तर यो वास्तविकता हो हेर्नुहोस यो फोटो 

सरकारले काठमाण्डौ प्लास्टिक मुक्त घोषणा समेत गरिसकेको छ तर सो निर्णयको कार्यान"/>

२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री निवास अगाडी नै डम्पिङ साइड ! मेयर भन्छन् – ‘मलाई थाहा भएन’ (फोटो फिचर)

२०७४, १९ चैत्र सोमबार १३:०५

मनोज पराजुली | चैत्र १९ काठमाडौँ । प्रधानमन्त्री निवास आगाडी नै डम्पिङ साइड बनेको छ, भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ तर यो वास्तविकता हो । हेर्नुहोस यो फोटो:  


सरकारले काठमाण्डौलाई प्लास्टिक मुक्त घोषणा समेत गरिसकेको छ तर सो निर्णयको कार्यान्वयन प्रधानमन्त्री कार्यालय अगाडीनै त हुन सकेको छैन भने अन्यत्र के होला ? एकातिर सरकारको प्लास्टिक मुक्त गर्ने योजना त अर्कोतिर तिनै प्लास्टिकलाई प्रधानमन्त्री निवास कै अगाडी जलाउनु कत्तिको जायज होला ? सोच्नुहोस त एकपटक र यो तश्विर हेर्नुस्; 


यो ठाउं घर निर्माण गर्दा निस्केका कंक्रिट, सिसा र प्लास्टिकजन्य फोहोर फाल्ने डम्पिङ साइड नै बनेको छ भन्दा फरक नपर्ला । लौ हेर्नुस् तश्विर: 


कसले फाल्छ फोहोर ? 

मानिसहरुले विशेषगरी वेलुकी र रातको समयमा गाडी तथा मोटर साइकलमा फोहोर ल्याएर फ्याक्ने गरेको एक स्थानीय महिलाले बताइन् । फोहोर लिएर आउँछन्, फाल्छन्, जान्छन । कोहि कसैले बोल्न सक्दैनन् । उनले भनिन् 'खोइ जग्गा त कसको हो थाहा छैन ।' 


टुलुटुलु हेर्छन्  प्रधानमन्त्री निवासका सुरक्षाकर्मी 

फोहर फाल्ने गरिएको ठाउंसंगै रहेका प्रधानमन्त्री, सभामुखको सरकारी निवासमा खटिने सुरक्षाकर्मीले फोहोर फाल्नेहरु सहजै देख्न सक्छन तर उनीहरु यसलाई टुलुटुलु हेरिरहन्छन मात्र । 


काठमाण्डौ महानगरपालिका मेयर भन्छन् – मलाई थाहा भएन 

काठमाण्डौ महानगरपालिका भित्र पर्ने भएकोले सफा गर्ने दायित्व महानगरपालिकाको हो तर यसबारेमा महानगरपालिकाका मेयर अनविज्ञ रहेको पाइयो । 

उनले जग्गा सरकारी वा निजी जसको भएपनि प्लाष्टिक जलाउन नपाइने बताए । प्रधानमन्त्री निवास अगाडी नै फोहोरको थुप्रो छ नि भन्ने साझा सबालको जिज्ञासामा उनले भने – 'यसबारेमा मलाई थाहा भएन म बुझ्छु ।' 

प्रधानमन्त्री निवास कै अगाडी फोहोर फाल्ने मात्र होइन हरेक दिन वातावरण प्रदुषण गर्दै प्लास्टिक जलाउंदै गर्दा, प्रधानमन्त्री कार्यालय अगाडीनै अव्यवस्थाले गिज्याईरहँदा अन्य ठाउँको हालत कस्तो होला ? जिम्मेवार निकाय कता होलान् ? सरकारी निकायले जिम्मेवारी बोध गर्ने कि ? 

तश्विर: अनिल अधिकारी/सास, काठमाडौँ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो