२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नयाँ संविधान र विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७२, १३ फाल्गुन बिहीबार ०६:०३

महेन्द्र केसी/फागुन १३, पर्वत । शान्ति प्रक्रिया, नयाँ संविधान र विकास सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम कुश्मामा सम्पन्न भएको छ ।

संविधानमा उल्लेखीत भएका नीति नियमको कार्यन्वयन नभएका कारण १२ बुदेँ सम्झौताबाट श्ुरु भएको शान्ति प्रक्रिया अझै ओझेलमा परेको कार्यक्रममा सहभागीहरुले बताएका छन् । संविधानमा उल्लेखीत भएका कुरालाई कार्यन्वयन गराउनको लागि स्थानीय निकायको चुनाव हुनुपर्ने भएता पनि लामो समयसम्म स्थानीय निकायको चुनाव हुन नसकेका कारण पनि शान्ति प्रक्रिया ओझेलमा परेको सहभागीले गुनासो गरेका छन् ।

शान्ति प्रक्रियाका लागि सहमति भएर देशमा नयाँ संविधान बनेतापनि संविधानमा उल्लेखीत नीतिको कार्यन्वयन गर्नको लागि राजनीतिक दलहरुले एकता नदेखाएका कारण लामो समयपछि निर्माण भएको संविधानमा समेत प्रश्न उठेको बताउँदै विकासको बाधकका रुपमा अस्थीर राजनीतिनै रहेको सहभागीले टिप्पणी गरे । संविधानको कार्यन्वयनका लागि राजनीतिक दलहरुको एकता हुन सकेमा शान्ति प्रक्रियाले स्थायी रुप लिने र संविधानको अन्तरबस्तुको कार्यन्वयन हुदै विकासको बाटोमा देश अगाडी बढ्ने सहभागीको धारणा थियो ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले देशमा शान्तिप्रक्रियाबाट नयाँ संविधान जारी भएता पनि अझै सरकारी कार्यलय उही पुरानै नीति र सिद्धान्तमा चलेको जिकीर गरेका छन् । देशमा शान्ति आयो, संविधान जारी भयो तर सरकारी कार्यालयको सेवा उही पुरानै पद्धतिमा चलिरहेको छ जसका कारण पनि नागरिकले शान्ति प्रक्रियापछिको विकासको अनुभूति गर्न नसकेको उनको ठम्माई छ ।

स्थानिय शान्ति समितिका संयोजक मनोहर वि पौडेलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (क्रान्तिकारी) माओवादीका संयोजक तेजेन्द्र पौडेलको स्वागत र कार्यलयका सचिव किशोर सुवेदीको संचालनमा सम्पन्न भएको थियो भने शान्ति समितिकोबारेमा कार्यपत्र राजेन्द्र पहाडीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक