१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नयाँ संविधान र विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१३ फाल्गुन २०७२, बिहीबार ०६:०३

महेन्द्र केसी/फागुन १३, पर्वत । शान्ति प्रक्रिया, नयाँ संविधान र विकास सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम कुश्मामा सम्पन्न भएको छ ।

संविधानमा उल्लेखीत भएका नीति नियमको कार्यन्वयन नभएका कारण १२ बुदेँ सम्झौताबाट श्ुरु भएको शान्ति प्रक्रिया अझै ओझेलमा परेको कार्यक्रममा सहभागीहरुले बताएका छन् । संविधानमा उल्लेखीत भएका कुरालाई कार्यन्वयन गराउनको लागि स्थानीय निकायको चुनाव हुनुपर्ने भएता पनि लामो समयसम्म स्थानीय निकायको चुनाव हुन नसकेका कारण पनि शान्ति प्रक्रिया ओझेलमा परेको सहभागीले गुनासो गरेका छन् ।

शान्ति प्रक्रियाका लागि सहमति भएर देशमा नयाँ संविधान बनेतापनि संविधानमा उल्लेखीत नीतिको कार्यन्वयन गर्नको लागि राजनीतिक दलहरुले एकता नदेखाएका कारण लामो समयपछि निर्माण भएको संविधानमा समेत प्रश्न उठेको बताउँदै विकासको बाधकका रुपमा अस्थीर राजनीतिनै रहेको सहभागीले टिप्पणी गरे । संविधानको कार्यन्वयनका लागि राजनीतिक दलहरुको एकता हुन सकेमा शान्ति प्रक्रियाले स्थायी रुप लिने र संविधानको अन्तरबस्तुको कार्यन्वयन हुदै विकासको बाटोमा देश अगाडी बढ्ने सहभागीको धारणा थियो ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले देशमा शान्तिप्रक्रियाबाट नयाँ संविधान जारी भएता पनि अझै सरकारी कार्यलय उही पुरानै नीति र सिद्धान्तमा चलेको जिकीर गरेका छन् । देशमा शान्ति आयो, संविधान जारी भयो तर सरकारी कार्यालयको सेवा उही पुरानै पद्धतिमा चलिरहेको छ जसका कारण पनि नागरिकले शान्ति प्रक्रियापछिको विकासको अनुभूति गर्न नसकेको उनको ठम्माई छ ।

स्थानिय शान्ति समितिका संयोजक मनोहर वि पौडेलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (क्रान्तिकारी) माओवादीका संयोजक तेजेन्द्र पौडेलको स्वागत र कार्यलयका सचिव किशोर सुवेदीको संचालनमा सम्पन्न भएको थियो भने शान्ति समितिकोबारेमा कार्यपत्र राजेन्द्र पहाडीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का