२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पत्रकारसँग सुआहाराको भेटघाट कार्यक्रम सम्पन्न

१६ फाल्गुन २०७२, आईतवार १४:२१

फागुन १६, पर्वत । सुआहारा कार्यक्रम तथा गतिविधिको बारेका आइतबार पर्वतमा सुआहाराले पत्रकारसँग भेटघाट एवं छलफल गरेको छ ।

पाँच बर्षको समय अबधीमा जिल्लाका विभिन्न १२ गाविसमा कार्यक्षेत्र बनाइ आफ्नो कार्यक्रम संचालन गर्दै आएको सुआहाराले आफ्नो गविविध तथा उपलब्धीको बारेमा जानकारी गराएको हो ।

हजार दिनका सुनौला आमा तथा शिशुहरुको लागि आवश्यक पर्ने पौष्टीक खाद्यन्न तथा आवश्यक पर्ने विभिन्न प्रकारका खोप तथा स्वास्थ्य सेवा सुविधाको बारेमा जानकारी दिदै आएको सुआहाराले जिल्लामा आफ्ना गतिविधि संचालन भएका गाविसका धेरै परिर्वतन आएको जनाएको छ ।

कुषोषणबाट बालबालिकालाई बचाउनको लागि तथा हजार दिनका सुनौला आमाहरुको लागि लक्षित गरी आयोजना हुने कार्यक्रमबाट जिल्लामा निकै ठूलो परिर्वतन आएको बताएको छ ।

जिल्ला जनसंख्या कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन, महिला तथा बालबालिका कार्यालय, स्वास्थ्य कार्यालय लगाएका सरकारी कार्यालयहरुसँग साँझेदारी गरी आफ्ना कार्यक्रम संचालन गरेको सुआहाराले हजार दिनका सु्नौला महिलाहरुमा बालबालिकाको स्याहारा सुसार, पोषण स्वास्थ्य, जन्मान्तर, प्रस्सुती परिवार नियोजन लगाएतका विभिन्न सचेतना मुलक जानकारी सम्बन्धी जानकारी दिएका कारण पछिल्लो समयमा सचेतना बढेको दाबी गरेको छ ।

हाल जिल्लामा रानीपानी, पाङराङ,बाजुङ, लगाएतका १२ गाविकास गरेको गतिविधिका कारण उक्त क्षेत्रमा शिशुको जन्मान्तर, पोषण समबन्धी ज्ञान, स्वास्थ्य उपचार तथा गर्वअबस्थामा गर्नुपर्ने तथा अपनाउनुपर्ने सजगता, खानपानमा ध्यान, लगाएतका बारेका जानकारी हासिल गरेका कारण कुपोषणको दर कम भएको, जन्मान्तरमा बृद्धि, आफै पौष्टिक आहारा बनाउने सिप लगाएतका बारेमा महिलाहरु सक्षम भएको जनाएको छ ।

पाँच बर्षे कार्ययोजना अन्तरगत सुआहाराले ७३.५ प्रतिशत काम गरेको जलनाएको छ । ७३ लाख ११ हजार ४ सय ९३को कुल बजेट मध्ये ५३ लाख ७ सय ४०को कार्य भएको र जसबाट ६ हजार ८ सय ४४ जना लाभान्वीत भएको जनाएको छ । जसमा १ हजार २३ पुरुष र ५ हजार ८ सय २१ महिला रहेको बताइएको छ ।

सुआहारा पर्वतबाट बाहिरियो
पर्वतमा हजार दिनका सुनौला महिला र बालबालिकाको बारेमा सचेतना गर्दै आफ्नो गतिविधि संचालन गर्दै आइरहेको सुआहारा कार्यक्रम अब भने नुहुने भएको छ । अघिल्ला बर्षमा सुआहारा कार्यक्रमले जिल्लामा काम गर्न नसकेको र भ्रष्टाचार लगाएतका विषयमा अख्तियारी परेका कारण यस बर्षबाट नपर्ने संकेत देखिएको छ ।

४८ जिल्लामा आफ्नो कार्यक्षेत्र बनाएको सुआहाराले अन्य जिल्लामा काम गर्नको लागि अनुमति पाएता पनि पर्वतमा भने पुन स्वीकृत नभएपछि जिल्लामा सुआहारा कार्यक्रम रोकिने संकेत देखिएको हो । नवचेतना सामुदायिक विकास केन्द्रका कार्यकारी प्रम्ुख गोपाल दास बैरागीका अनुसार जिल्लामा अब सुआहारा कार्यक्रम नपर्ने देखिएको हो ।

पर्वतमा पार्नको लागि अथक प्रयास भएता पनि पर्वतबाट सुआहारा कार्यक्रम बाहिरन लागेको र यसबाट हजारौ महिला दिदीबहिनी प्रभावीत हुने भन्दै सुआहारा कार्यक्रम ल्याउनको लागि कोसिस भैरहेको तर नआउने संकेत देखिएको उनले बताए । सुआहारा कार्यक्रममार्फत जिल्लामा २६ जना महिला पुरुषले रोजगार पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म