२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

सहाराविहीन भूकम्पपीडित तामाङको नाम लाभग्राहीमा सूचीमा छैन

२०७४, २५ चैत्र आईतवार ०८:३४

चैत २५ धादिङ | उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका– ४ का ७६ वर्षीय परमेन तामाङको घर भूकम्पले बस्नै नहुने गरी लड्यो । उहाँ केही समय बारीको पाटामा बस्नुभयो । त्यसपछि गाउँले समेतको सहयोगमा बनाइएको टहरामा बस्दै आउनुभएको छ । 


छोरीहरु विवाह गरेर गए, उहाँको सहारा भन्ने कोही छैन । दुई छोरी काठमाडाँैमा काम गरेर बस्छन् । उहाँको कुनै घर छैन । पानी चुहिने कटेरामा बसेको दुई वर्ष भयो । गाउँमा अरु मानिसले सरकारले दिएको रकम लिएर घर बनाइरहेका छन् । 

उहाँको सहारा कोही नभएका अवस्थामा सरकारबाट दिइने रकमसमेत दिइएन । उहाँको घर बस्न नहुने खालको छ तर भूकम्पपीडितको लाभग्राही सूचीमा नाम परेन । उनले गुनासो दर्ता गरे । गाउँमै गुनासो दर्ता गर्दा उहाँको रु पाँच सय खर्च पनि भयो तर नाम फेरि निस्केन । 

प्राविधिकहरु गाउँमा अहिलेसम्म दुई पटक आए । उनीहरुले नाम टिपेर लगे पनि नाम ननिस्केपछि निराश बन्नुभयो । परमेनलाई घर पूरै लडेर बस्नै नहुने अवस्था भएकोलाई त सरकारले हेर्छ भन्ने झिनो आश अझै छ । 

गाउँमा धमाधम घर निर्माण भइरहे पनि ६६ वर्षीय चेसाङ तामाङ पनि टहरामै बस्नुहुन्छ । पटक पटक गाउँमा आएका प्राविधिकहरुले उहाँको नाम निस्कन्छ भन्छन् तर लाभग्राही सूचीमा नाम कहिले पनि निस्केन । 

उहाँको घर पनि बस्न सकिने किसिमको छ भन्ने प्रतिवेदन प्राविधिकले दिएका कारण उनीहरु मात्र होइन साविकको सेर्तुङको समस्या यही छ । 

लाभग्राही सूचीमा नाम छुटेका भूकम्प प्रभावितका लागि नाम समावेश गर्ने सम्बन्धमा रुबीभ्याली गाउँपालिका– ४ का वडाध्यक्ष कामीलाल तामाङले आफू अलमलमा परेकाले केही काम गर्न नसकेको बताउनुभयो । सदरमुकामबाट तीन दिनको पैदल दूरीमा रहेको रुबीभ्याली गाउँपालिका, सेर्तुङ गाउँमा एक हजार १८६ घरधुरी रहेकामा ६४१ जनाको नाम लाभग्राही सूचीमा निस्केको थियो ।

 सबै घर लडेर बस्न नहुने अवस्थामा रहेको सो गाउँका ५०० जनाले मात्र लाभग्राही भएर पहिलो किस्ता लिन पाएका छन् । बाँकीको समस्या विकराल भएकाले वडा कार्यालयले जनताको काम गर्नुपर्नेमा वडाध्यक्षसहितको टोली जिल्ला सदरमुकाममा बस्दै आएको छ । 

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सुत्केरी भएपछि काठमाडाँैमै बसोबास गर्नुहुन्छ । वडाध्यक्षसमेत गाउँमा नहुँदा भूकम्प प्रभावितको समस्या समाधान भएको छैन । वडाध्यक्षसहितको टोलीले भूकम्पका कारण घर लडेको हो भन्ने प्रमाणित गरेपछि सम्झौता गरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राही सूचीमा राखेर अनुदान दिने नीति ल्याए पनि गाउँमा वडाध्यक्ष नै नभएपछि समस्या आएको गाउँवासीको भनाइ छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा