2026-07-24 06:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चर्को शुल्क लिनेलाई कारवाही हुन्छः महानगर

चैत २७ काठमाडौँ | तीन विद्यार्थी संगठनले निजी विद्यालयको चर्को शुल्कवृद्धि तत्काल रोक्न माग गर्दै देशभरका ७५३ स्थानीय तहका प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । 

अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र नेपाल विद्यार्थी संघले निजी विद्यालयले मापदण्डभन्दा बढी शुल्क लिएको भन्दै त्यसलाई रोक्न माग गरी आज एकसाथ ७५३ स्थानीय तहका प्रमुखलाई ज्ञापनपत्र बुझाएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताउनुभयो । 

सोअनुसार आजै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई पनि विद्यार्थी संगठनले ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै शाक्यले चर्को शुल्क लिने विद्यालयको अनुगमन भइरहेको र मापदण्डभन्दा बढी लिने विद्यालयलाई कारवाही गरिने बताउनुभयो । 

‘‘कक्षा १ को भर्नामै लाखौं रकम असुलिएको सुन्नमा आएको छ’’, उहाँले भन्नुभयो,‘‘हामी त्यस्ता चर्को शुल्क लिने विद्यालयको अनुगमन गरिरहेका छौँ ।’’ निजी विद्यालयले शुल्क निर्धारण गर्दा स्थानीय तहसँग स्वीकृति लिएर गर्नुपर्ने व्यवस्था भए पनि त्यसो नगरेको पाइएको उहाँले बताउनुभयो । 

संविधानले माध्यामिक तहसम्मको शिक्षाको जिम्मा स्थानीय तहलाई दिएको छ । विद्यालय तहको शिक्षामा शुल्क निर्धारण र अनुगमनको दायित्व स्थानीय तहको भएकाले निजी क्षेत्रमा गरिएको मनपरी शुल्क वृद्धि स्थानीय तहबाट तत्काल नरोकिए कडा संघर्षमा उत्रन बाध्य हुने अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय