२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङबाट सालको चिरान काठ बरामद

२८ चैत्र २०७४, बुधबार ०९:५५

चैत्र २८ धादिङ | दक्षिणी धादिङको गल्छी गाउँपालिका–८ तिनघरेमा अवैध रुपमा सञ्चालित फर्निचर उद्योगबाट २७८ गोलिया (एक सय ८५ क्यु फिट) सालको चिरान काठ बरामद गरिएको छ । 

जिल्ला वन कार्यलयको टोलीले सो फर्निचर उद्योगमा अवैध रुपमा लुकाइ राखेको अवस्थामा सालका काठ बरामद गरेको हो । 

फर्निचर उद्योगका सञ्चालक चित्रबहादुर मगर भने फरार छन् । उक्त उद्योगको नजिकै अधेँरी सामुदायिक वन रहेकाले सो काठ उक्त बनकै भएको हुनसक्ने जिल्ला वन अधिकृत इमनाथ पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “कहाँका काठ ल्याएको भनेर पत्ता लगाउँदै छौ ।” 

फर्निचर उद्योग सञ्चालन गर्न जिल्ला वन कार्यलयबाट अनुमति लिई कानूनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । सो फर्निचर उद्योगले अनुमति नै लिएको छैन । बरामद गरिएको काठ सेक्टर वन कार्यालय गलौदीमा राखिएको छ । वन ऐन २०४९ अन्तर्गत अवैध वन पैदावार चोरी निकासी कानूनअनुसार मुद्दा प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ