२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

निजी विद्यालयको शिक्षामा किन बल ?

३ चैत्र २०७२, बुधबार १४:०४

 

 

लालप्रसाद शर्मा
शिक्षा निःशुल्क प्रदान गर्ने राज्यको दायित्व हो । नेपालको शिक्षा नीतिले माध्यमिक तह सम्मको शिक्षा निःशुल्क प्रदान गर्ने व्यवस्था गरेको छ । तर हाlal prasad sharmaम्रा अभिभावक त्यो निःशुल्क शिक्षा लिन नचाई आफ्नै लगानीमा निजी विद्यालयको शिक्षा लिन चाहन्छन् । के यस कार्यले जनता र सरकारलाई फाइदा होला ? यसमा जनतालाई भन्दा सरकारलाई नै फाइदा भएको देखिन्छ । धेरै निजी विद्यालय हुनु भनेको राज्यको दायित्व र लगानी घट्नु हो । अब हेरौ विश्वमा सरकारी विद्यालयको शिक्षा कसरी लिइएको छ ? अमेरीकामा ९० प्रतिशत, क्यानडामा ९३ प्रतिशत, ब्रिटेनमा ९४ प्रतिशत, न्युजरलेण्डमा ९६ प्रतिशत र सिंगापुरमा ९८ प्रतिशत विद्यार्थीहरुले सरकारी विद्यालयमा पढ्ने गर्दछन् । त्यस्ता धनी राष्ट्रका धनी व्यक्तिले पनि आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुको मुख्य आशय राज्यलाई जनताका छोराछोरीलाई शिक्षा दिने दायित्व बहन गराउनु हो । शिक्षा दिने, देशलाई आवश्यक योग्य जनशक्ति तयार गर्ने र रोजगार दिने दायित्व बहन गराउन ती देशमा नागरिकले निजी शिक्षामा जोड नदिएको कारण सरकारले सरकारी विद्यालयलाई सुधार गर्ने, गुणस्तरीयता कायम गर्ने, बढी लगानी गर्ने आदि कार्य गरेको छ ।

अब सोही विचार नेपालको सन्दर्भमा हेरौं । नेपालका अभिभावकले आलु खाएर पेडाको धाक दिएका छन् । छाक टार्न गाह्रो हुने अभिभावक पनि निजी शिक्षाको भुलभुलैयामा परेका छन् । वर्तमान अवस्थामा २÷४ अक्षर चिने भन्ने निहँुमा राज्यलाई दायित्वबाट टाढा राखी भविष्यमा छोराछोरी बेरोजगार बनाउने कार्य गरिएको छ । हामीले सरकारको शिक्षा दिने दायित्वलाई बहन गर्न निजी विद्यालय खोल्दै जाने र अभिभावक खर्चाउदै जाने हो भने सरकारलाई नै आर्थिक रुपले हलुका हुदै जान्छ । राज्यले सरकारी विद्यालयको जनशक्ति घटाउदै जाने र लगानी समेत घटाउदै जाने गर्छ । अब यसबाट के फाइदा भयो त ? आखिर निजी विद्यालयमा जागिर गर्ने शिक्षकले त ती विद्यार्थी सरकारी विद्यालयमा ल्याए सरकारले नै तलब सुविधा दिई पाल्ने गर्छ । केवल लगानीकर्ताको आम्दानीको लागि त जागिर गर्ने हो ।
साँचिकै सामूदायिक विद्यालयमा पठन पाठन खस्कनु विद्यार्थीको अभाव हो । हिजोको समाजमा निजी विद्यालय नहुदाँ सम्पुर्ण अभिभावकको जोडबल र शिक्षकको लगनशिलताको हेर विचार भएको कारण अहिलेका निजी र सरकारी विद्यालयका शिक्षक र देशका सम्पुर्ण प्रकारका जनशक्ति सरकारी विद्यालयका उत्पादन नै हुन् । निजी विद्यालयका विद्यार्थीलाई किन निजी शिक्षाको राम्रो भविष्यको प्रलोभन देखाउने जहाँ पढाउने सम्पुर्ण शिक्षक नै सामुदायिक विद्यालयको उत्पादन हो । सामुदायिक विद्यालयले सचेत अभिभावक नपाउन र गरिब, कमजोरी, असहाय, अपाङ्ग हरेक प्रकारका विद्यार्थीहरूलाई राज्यको नीतिमा रही शिक्षा दिँदा चर्को लगानी गर्न सक्ने अभिभावकका छोराछोरीसँग प्रतिस्पर्दा गर्न सक्ने कुरा पनि त भएन ।

यदि सरकारी विद्यालयको जनशक्तिको काम नभए उनिहरुले नै नीजि विद्यालयमा शिक्षण गरी उत्पादन गरेको विद्यार्थीको के भविष्य होला ? लाभमूखी भई खोलीएका नीजि विद्यालयमा शिक्षण गर्ने शिक्षकको भविष्य के छ त ? लगानीकर्ताले नाफा कमाउदा शिक्षक सोसीएकै अवस्था छ । सरकारले दिने जागिर लिने प्रयास नगरी युवा युवती निजी विद्यालयमा लाग्नु धनिहरुलाई नै धनि बनाउनु हो । निजी क्षेत्रमा काम गर्ने ३ लाख शिक्षकलाई त सरकारले नै पाल्ने गर्छ । खै त यो कुरा बुझि सरकारको सुविधा लिने प्रयास गरेको ? सरकारी विद्यालयका भवन फालिने, शिक्षक दरवन्दी काटीने र हामी पछिका जनशक्तिले सरकारी विद्यालयमा शिक्षक बन्ने अवसर गुमाई बेरोजगार निर्माण गर्ने कार्य हामी गर्दै छौ । आफूले लगानी नगरी उत्पादन गरेका जनशत्तिलाई राज्यले पनि रोजगार दिने दायित्व लिदैन । वास्तवमा निजी विद्यालयमा न्यून तलबमा काम गरी शिक्षकले लगानी कर्तालाई लाभ प¥याइदिएको नै अवस्था छ । शिक्षकले त आखिर जागिर नै त हो खाने ! सरकारी नै खाए भयो । सम्पुर्ण विद्यार्थी र शिक्षकको लगाब सरकारी विद्यालयमा नै हुने र एकै प्रकारको शिक्षा हुने हो भने सोतह सरकारी विद्यालयको गुणस्तर सुधार हुने गर्छ । सचेत अभिभावक, समाज सेवी, सरकार आदि सबैको चासो एकै ठाँउमा रहेमा मात्र शिक्षाले सामाजिक  व्यायको सिद्धान्त अनुसार गरिब र धनिको खाडल पुर्न सक्ने थियो ।

सरकारले नै दिने शिक्षा , रोजगार र तलबलाई लिन नचाई हामी निजी शिक्षामा बल गछौ अनि कसरी सरकारले हाम्रो शिक्षा र रोजगारको जिम्मा लिन्छ ? सरकारले धन धेरै भएका जनताले आफ्नै लगानीमा पढाउछन् भने हामीले जिम्मेदारी लिई टाउको किन दुखाउने भनी निजी विद्यालयलाई खोल्न अनुमति दिइराखेको रहस्य लुकेको छ । त्यसैले सरकारी विद्यालयलाई सुधार गरौ, दरबन्दी थप गराऔँ, राज्यको शिक्षा निःशुल्क दिने दायित्व बढाउन र विदेशी मुलुकका जस्तै परिबेश निर्माण गरौ । यो कुरा नयाँ युवा युवतीले बुझ्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय आज एकैदिन प्रतितोला २ हजारले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक साफ महिला च्याम्पियनसिप: आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ