२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

एम्नेस्टी नेपालद्वारा बाह्रौं राष्ट्रिय युथ मेला गोरखामा आयोजना गरिँदै

२०७५, ५ बैशाख बुधबार ०५:००

वैशाख ५,गोरखा । एम्नेस्टी इन्टरनेसनल नेपालले गोरखा जिल्लामा २०७५ वैशाख ५ देखि तीन दिने राष्ट्रिय युथ मेलाको आयोजना गर्दैछ । मानवअधिकार अभियानमा युवाहरूलाई सक्रिय बनाउने पहल अन्तर्गत एम्नेस्टी नेपालले सन् २००६ देखि हरेक वर्ष युथ मेलाको आयोजना गर्दै आइरहेको छ । एम्नेस्टी नेपालले हालसम्म एक हजार भन्दा बढी युवाहरूलाई प्रशिक्षित गरिसकेको जनाएको छ ।

यस वर्षको युथ मेलाको नारा “संसारमा आफूँले देख्न चाहेको परिवर्तनको संवाहक बन” रहेको छ । वैशाख ७ सम्म चल्ने उक्त मेलामा एम्नेस्टी नेपालमा आबद्ध देशभरीका विभिन्न युथ नेटओर्कका करिब १०० युवाहरूको सहभागिता रहने छ ।

यस तीन दिने मेलाका क्रममा युवाहरूलाई मानवअधिकारसम्बन्धी आधारभूत विषयवस्तु र मानवअधिकार अभियानका बारेमा विस्तृत प्रशिक्षण गराइनेछ र उनीहरूले यी विषयहरूमा ज्ञान, शीप र दक्षता हाँसिल गर्नेछन् । उनीहरूले एम्नेस्टी इन्टरनेसनलले कसरी आफ्नो मानवअधिकार गतिविधिहरू सञ्चालन गर्दछ र संसारमा कसरी एम्नेस्टीका सदस्य, समर्थक र स्वयंसेवकहरूले मानवअधिकारसम्बन्धी जागरण र परिवर्तनमा योगदान पुर्याइरहेका छन् भन्ने बारेमा पनि ज्ञान आर्जन गर्नेछन् ।

यस मेलामा सहभागी हुने युवाहरूले गोरखा दरबारको पनि भ्रमण गर्नेछन् र सो क्रममा एम्नेस्टी टर्कीका पूर्व अध्यक्ष टानर किलिकको रिहाइको माग गर्दै एउटा सार्वजनिक एक्सन गर्नेछन् । युवाहरूले महिला विरूद्ध हुने हिँसाको माग गर्दै एउटा सडक नाटक पनि प्रदर्शन गर्नेछन् । त्यसैगरी उनीहरूले सिरियामा अहिले भइरहेको बर्बरतामाथि गम्भीर चासो व्यक्त गर्दै र त्यहाँको द्वन्द्वका सबै पक्षहरूलाई त्यहाँको मानवीय सङ्कट समाधान गर्न आह्वान गर्दै सडक प्रदर्शन पनि गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते