२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना गोरखाका आकाश परियारको अभिभावक

२०७५, ५ बैशाख बुधबार १३:२८

वैशाख ५,पोखरा। राष्ट्रियस सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गाेरखाका ५ वर्षीया आकाश परियारलाई विद्यालय भर्ना गर्नुभएको  छ। 

दुई वर्षभित्र सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने सरकारको अभियान अन्तर्गत अध्यक्ष तिमिल्सिनाले बाल्यकालमै बाबू गुमाएका आकाशलाई पोखरा-५ पर्स्याङस्थित धर्मस्थली आधारभूत विद्यालमा भर्ना गर्दै स्कूले शिक्षाको  अभिभावक बन्नुभएको हो। 

आमा  रिता परियारसँगै आएका आकाशलाई पाठ्यपुस्तक, पोशाक लगायतका शिक्षण सामाग्री हस्तान्तरण गर्दै उहाँले आकाशलाई विद्यालय तहसम्मको  शिक्षाका लागि आफ्नो सहयोग  रहने बताउनुभयो ।

"बच्चाको  बुवा-आमा त चाहेर पनि हुन सक्दिन तर, अभिभावकले पूरा गर्नुपर्ने शिक्षादिक्षा दिने जिम्मेवारी म पूरा गर्छु," उहाँले भन्नुभयो, "सबै बालबालिकालाई विद्यालय पुर्‍याउने सरकारको  योजना सबै मिलेर पूरा गर्नुपर्छ ।"यही चैतमा आफ्नो  बाबू सुनील परियार गुमाएका आकाश  पाखरामा तीन दिदी र आमासंगै बस्दै आएका छन्। आमाले मजदुरी गर्दै तीन दिदी र उनलाई हुर्काउदै आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो