2026-09-15 01:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढीमा आधुनिक धर्मशाला सञ्चालनमा

वैशाख ६ धनगढी | प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीमा बुधबारदेखि आधुनिक धर्मशाला सञ्चालनमा आएको छ । 

श्रीकृष्ण मन्दिर परिसर धनगढीको परिसरका गीता सत्संग समितिको पहलमा निर्माण भएको दुई तल्ले धर्मशाला भवनमा सभा हल, धार्मिक संस्कार गर्ने कोठा र शयन कक्षसमेत झण्डै २० वटा कोठा रहेका छन् । 

रु एक करोड ८२ हजारको लागतमा निर्माण भएको यो धर्मशाला निर्माणमा विभिन्न सरकारी कार्यालयबाट रु २३ लाखको सहयोग प्राप्त भएको जनाइएको छ । झण्डै रु ७७ लाख विभिन्न दाताबाट सहयोग जुटाइएको हो । निजी दाताको सम्मानमा धर्मशालाका कोठाको नामाकरण पनि गरिएको छ । 

सात नम्बर प्रदेशकै पहिलो आधुनिक यो धर्मशालाबाट देश विदेशका सर्वसाधारण लाभान्वित हुने भएका छन् । व्यवस्थापन समितिले धर्मशालामा आउने सर्वसाधारणलाई न्यूनतम् रु १०० देखि अधिकतम् रु ४०० सम्मको सेवा शुल्क निर्धारण गरेको निर्माण समितिका अध्यक्ष डा मुक्तिकान्त पन्तले बताउनुभयो । 

स्वास्थ्योपचारका साथै धार्मिक पर्यटनका लागि धनगढी पुग्ने स्वदेशी र विदेशी नागरिकका लागि यो धर्मशालाले ठूलो राहत पुर्याउने विश्वास गरिएको छ । प्रदेश प्रमुख मोहनराज मल्लले बुधबार एक समारोहका बीच धर्मशालाको उद्घाटन गर्नुभयो । सो अवसरमा धर्मशाला निर्माणमा सहयोग गर्ने दातालाई सम्मानित गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ