२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

चेलीबेटी बेच्ने नुवाकोटका वडाध्यक्षलाई थुनामा नराख्न सर्वोच्च आदेश

६ बैशाख २०७५, बिहीबार ०९:०८

बैशाख ६ काठमाडौं | चेलीबेटी बेचबिखन प्रकरणमा मुछिएका नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष सुनबहादुर तामाङलाई जिल्ला अदालतबाट ३७ वर्ष कैद सजाय ठहर गरेको थियो | तर सर्वोच्च अदालतले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ। 

न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोतम भण्डारीको इजलासले नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष तामाङको स्थायी ठेगाना र बाबुको नाम फरक–फरक देखिएको भन्दै थुनामा नराख्न आदेश गरेको हो। 

नुवाकोटकै दुई महिलालाई बिक्री गरेको मुद्दामा जिल्ला अदालत नुवाकोटले २०६८ असोज ६ गते दोषी ठहर गर्दै उनलाई ६ वर्ष कैद सजाय गरेको थियो। 

सो मुद्दामा प्रहरीले तामाङलाई ६ वर्षपछि पक्राउ गरेको थियो। प्रहरीले पक्राउ गरेपछि तामाङको हकमा उनका छोरा प्रदीप तामाङले गत २०७४ माघ १० गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएका थिए। १० वर्षभन्दा कम सजाय हुने मुद्दाको हकमा पुनरावेदन नबसी धरौटी राखेर अदालतको अनुमतिमा मुद्दा लड्न पाउने व्यवस्था छ। 

यसपछि गाउँका करिब २ सय महिलालाई बेचेको, वेश्यालय चलाएको लगायत सबै अभियोगमा जिल्ला अदालत नुवाकोटले गत २०७४ चैत ९ गते सुनबहादुरलाई ३७ वर्ष कैद सजाय र २ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो। उनीसहितका तीन जनालाई यस्तो सजाय सुनाइएको थियो। 

तामाङलाई २०७४ पुस ७ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको थियो। उनी विरुद्ध २०७२ कात्तिक १८ गते मानव बेचबिचन तथा ओसारपसार मुद्दा दर्ता भएको थियो।

उक्त मुद्दामा फैसला सुनाउँदै सर्वोच्चले सुनबहादुरका बाबुको नाम र स्थायी ठेगाना फरक रहेको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो। उनी दोषी ठहर भएको मुद्दामा तामाङको स्थायी ठेगाना नुवाकोट घाङफेदी ४ र बाबुको नाम वीरबहादुर तमाङ छ। पुरानो मुद्दामा घाङफेदी ६ र बाबुको नाम आइतमान तामाङ रहेको भन्दै सर्वोच्चले थुनामुक्त गर्ने फैसला सुनाएको हो।  

सुनबहादुर २०५१ सालदेखि नै मानव बेचबिखनमा संलग्न रहेका व्यक्ति हुन्। २०५१ सालमा झापा हुँदै केही युवतीलाई भारत लैजाने क्रममा उनी विरुद्ध मुद्दा दायर भएको थियो।

तर, फरार रहँदै आएका उनले चेलीबेटी ओसारपसारको धन्दा जारी राखेका थिए। २०७१ सालमा पनि उनी विरुद्ध नुवाकोट जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। त्यो मुद्दामा पनि उनी धरौटीमा छुटेका थिए। 

वेश्यालय चलाएर प्रशस्त पैसा कमाएका उनले त्यही पैसाको बलमा नेताहरुलाई समेत आफ्नो हातमा लिएका छन्। पैसाकै बलमा नेपाली कांग्रेसबाट उनले वडा अध्यक्षको टिकट पाई चुनाव जितेका थिए। गाउँमा आफू विरुद्ध बोल्नेहरुलाई उनले गाउँमै बस्न नदिने गरेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य