सिरहा, वैशाख १० । यात्रुवाहक बसको ठक्करबाट सिरहाको गोलबजारमा एक साइकल यात्रुको मृत्यु भएको छ।
गएराति गोलबजारमा
बा २ ख १०७९ नम्बरको बसले ठक्कर दिँदा ओखलढुङ्गा घर भई गोलबजार नगरपालिका–७ डेरा गरी बस्ने ४५ वर्षीय
साइकल यात्रु ईन्द्रबहादुर थापाको मृत्य भएको इप्रका गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले बताए
।
ठक्कर दिने बसलाई नियन्त्रणमा लिएको र फरार चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।