बैशाख ११, पोखरा | कास्कीका प्रहरी प्रमुख प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ११, पोखरा | कास्कीका प्रहरी प्रमुख प्"/>
2026-09-19 07:00 PM
कास्की - KSK

पोखरालाई अपराधीको सेल्टर हुन दिन्न ः एसपी सिंह

बैशाख ११, पोखरा | कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अशोक सिंहले पोखराको पर्यटन क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउन व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए ।पश्चिमाञ्चल होटल संघ पोखराले सोमबार लेकसाइडमा आयोजना गरेको सुरक्षा सम्बन्धी छलफलमा एसपी सिंहले पर्यटक र अन्य सुरक्षाका लागि पोखराका सबै होटलले सीसी टीभी क्यामेरा राख्नुपर्ने सुझाव राखे । कतिपय पर्यटकीय होटल भित्र त्यस्ता क्यामेरा भए पनि होटल अगाडिको भाग देखिने गरी सबै होटलले क्यामेरा जडान गर्दा सुरक्षा व्यवस्थामा सहयोग पुग्ने भनाई राखे ।पोखराबाट कतिपय अवस्थामा ठूलै अपराधीहरु पक्राउ गरी आफूले सम्बन्धित क्षेत्रमा हस्तान्तरण गरेको भन्दै उनले अब यो शहरलाई अपराधीको सेल्टर हुन दिन्न भने । होटलमा आउने शंकास्पद व्यक्तिको सूचना दिन पनि उनले व्यवसायीसँग आग्रह गरे । यसैगरी लेकसाइड लगायत अन्य ठाउँमा समेत ध्वनी प्रदूषण गरेर संचालन गरिएका डिस्को, डान्स र दोहोरीमाथि आफूले अब कार्वाही अगाडि बढाउने उनले सुनाए ।


एक अर्को प्रशंगमा उनले पोखराका ट्याक्सीलाई मिटरमा चल्न बाध्य पार्ने अभियान आफूले चलाइरहेको बताए । दैनिक डेढ दर्जन बढी ट्याक्सीहरु मिटर नचलाएको कार्वाहीमा परिरहेको र चालकलाई ल्याएर हिरासतमा समेत राख्ने अभियान चलाइएको उनले सुनाए । पोखराका सबै पाँच सय हाराहारी होटलले ट्याक्सीलाई मिटरमा चलाउने अभियानमा साथ दिन उनले आव्हान गरे । नेपालको प्रहरी सेवा जनतामा आधारित भएको भन्दै उनले पर्यटनकर्मीहरुले पनि आफ्नो तर्फबाट पूरा गर्नुपर्ने दायित्व निर्वाह गर्न चुक्न नहुने भनाई एसपी सिंहले राखे ।

ध्वनी प्रदूषण गर्ने पर्यटीय प्रतिष्ठानलाई चिठी काटेर तत्काल कार्वही अगाडि बढाउन र विहानीपख लेकसाइडका होटलहोटलमा पुगी पर्यटक उठाउने ठूला बसलाई लेकसाइड प्रवेशमा तुरुन्त रोक लगाउन उनले वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीलाई कार्यक्रम स्थलमै निर्देशन दिए ।

प्रनाउ कार्कीले होटलले पाहुनाको परिचय रजिस्टरमा अभिलेखीकरण गर्नुपर्ने, होटलका बार्दलीहरुमा सुरक्षाका लागि गतिलो रेलिङ राख्नुपर्ने, विनाकारण लामो अवधि बसेको पाहुनालाई निग्रानी बढाउनुपर्ने र लागू औषध विरुद्ध जागरुक हुनुपर्ने भनाई राखे । उनले ट्याक्सी चालकहरुलाई उपयुक्त समय मिलाएर तालिम प्रदान गर्न आफूहरुले निकट भविश्यमै कार्यक्रम राख्ने भनाई पनि सुनाए । लेकसाइडका बाटोमा अहिले २२ सीसी क्यामेरा चालू अवस्थामा रहेको जानकारी पनि उनले दिए ।

पर्यटकीय पोखरासँगै समग्र कास्कीको सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न सुरक्षा निकायसँग कसरी समन्वय गरेर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । तुलाचनले प्रविधिको विकाससँगै सुरक्षा चुनौतिहरु पनि थपिंदै गएको भन्दै तिनीहरुसँगै जद्धै पर्यटन क्षेत्रलाई सुरक्षित बनाउन सुरक्षा निकायसँग सहकार्य गरेर अगाडि बढ्न संघ तयार रहेको उनले सुनाए । संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले पोखराको बाराही चोकदेखि हल्लनचोकसम्म वान वे बनाउन सके पार्किङको समस्या केही हदसम्म सुध्रिने प्रस्ताव राखे । यसका लागि एक चरण छलफल अगाडि बढाइने एसपी सिंहले बताए ।

संघक सल्लाहकार गोविन्दराज पहारीले ट्याक्सी चालकले ट्क्यासी भित्र व्यक्तिगत विवरण राख्नुपर्ने, मिठो बोली बोल्नुपर्ने, सफाई कायम राख्नुपर्ने र विल समेत दिनुपर्ने नियम लागू गर्न प्रस्ताव राखे । ध्वनी प्रदूषण तत्काल रोक्नुपर्ने, ठूला र हाते ट्रयाक्टरलाई लेकसाइड प्रवेशमा रोक्नुपर्ने तथा लेकसाइडमा अंग्रजी बोल्ने पर्यटनमैत्री प्रहरी व्यवस्था गर्नुपर्ने माग पनि उनले गरे ।संघका सल्लाहकार एवं होटल संघ नेपालका केन्द्रिय सदस्य विप्लव पौडेलले सबैले व्यवसाय गर्न पाउनुपर्छ तर अर्कालाई आघात पुग्ने गरी ध्वनी प्रदूषण कसैले गर्न नपाइने मान्यता संघको भएको भनाई राखे । उनले ध्वनी निरोधक प्रणाली अपनाएर सम्बन्धित प्रतिष्ठानहरु चलाउनुपर्ने सुझाव सुनाए ।

कार्यक्रममा लेकसाइडमा जारी नो भेहिकल जोनलाई छलफल पछि निकट भविश्यमा हप्ता दिन नै लम्ब्याउने, चोरी पछि पाइएका विदेशीका सामान छिटो हस्तान्तरण गर्ने परिपाटि मिलाउनुपर्ने, होटलमा खानतलासीमा आउँदा प्रहरीले पनि परिचय दिनुपर्ने, ठूला सवारीलाई लेकसाइडमा प्रवेश निषेध गरी बसपार्कबाटै चलाउने व्यवस्था गर्नुपर्ने, चर्को ध्वनीयुक्त मोटरसाइकललाई लेकसाइडमा रोक लगाउनुपर्ने, एयरपोर्ट र वसपार्कबाट लेकसाइड जाँदा मिटरमा नचलाई हचुवामा पाँच सय रुपैयाँ माग्ने ट्याक्सीलाई कार्वाही गर्नुपर्ने माग तथा सुझाव राखिएको थियो । संघका महासचिव गणेशराज पहारीले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो