पोखरा, ११ बैशाख ।सरकारले यातायात संघसंस्था तथा समितिको नवीकरण नगर्ने निर्णय बिरुद्ध व्यव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा, ११ बैशाख ।सरकारले यातायात संघसंस्था तथा समितिको नवीकरण नगर्ने निर्णय बिरुद्ध व्यव"/>
१ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सरकारको निर्णय विरुद्ध यातायात व्यवसायी आन्दोलित

११ बैशाख २०७५, मंगलवार ११:३६

पोखरा, ११ बैशाख ।सरकारले यातायात संघसंस्था तथा समितिको नवीकरण नगर्ने निर्णय बिरुद्ध व्यवसायी आन्दोलनमा उत्रिएका छन् । यसैक्रममा उनीहरुले मंगलबार पोखरामा कोण सभाको आयोजना गरेका छन् । नेपाल यातायात व्यवसायी मूल आन्दोलन समिति प्रदेश ४ को आयोजनामा पोखराको मानवअधिकार चोकमा कोणसभा आयोजना गरिएको हो ।


कोणसभालाई सम्बोधन गर्दै आन्दोलन मूल आयोजक समिति संयोजक भानुभक्त बरालले सरकारले हचुवाको भरतमा संघसंस्था खारेजी गर्ने तथा नवीकरण नगर्ने निर्णय गरेको भन्दै उक्त निर्णय फिर्ता लिन आग्रह गरे । मूल आन्दोलन समितिका सहसंयोजक भानुभक्त अधिकारीले यातायात व्यवसायीमाथि सरकारले अन्यायपूर्ण निर्णय लिएको बताए । कार्यक्रममा बोल्दै आयोजक कमिटिका सदस्य अमृत शर्मा तिमिल्सिनाले सरकारले वार्ता र संवादबाट निकास निकाल्नुपर्ने धारणा राखे ।कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल, नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनको सहभागितामा व्यवसायीहरु आन्दोलनमा छन् । माग पुरा नभए सार्वजनिक बसहरु बन्द गरेर घर ग्यारेजमा थन्क्याउने सम्मको धम्की व्यवसायीले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘माघे संक्रान्ति धार्मिक,सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण पर्व’ चालु आर्थिक वर्षको ६ महिनामा उठ्यो ५ खर्ब ५९ अर्ब राजस्व २०८१ को एसईई परीक्षाको समयतालिका सार्वजनिक, यस्तो छ रुटिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिए माघे संक्रान्तिको शुभकामना आज देशभर माघे सङ्क्रान्ति पर्व मनाउँदै मंगलबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना जब भारतीय विदेशमन्त्रीले आरजुलाई सोधे: नेपालमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो? रवि फेरी हिरासतमा: अदालतअघि प्रधानमन्त्रीविरुद्ध उत्तेजक नाराबाजी मन्त्रिपरिषद्ले के-के गर्‍यो निर्णय ? सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार आजपनि सकिएन थुनछेक बहस, रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश विश्वकप अघिको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित परराष्ट्रमन्त्री राणालाई प्रश्नः नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषी को हो? शेयर बजार लगातार ओरालो, कारोबार कति ? मिर्गौला फेल हुनुभन्दा पहिले पिसाबले दिन्छ यस्ता संकेत स्वर्णलक्ष्मी सहकारी ठगि प्रकरण: सरकारी वकिलको बहस सकियो आमनागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानीय सरकार होः उपप्रमुख डंगोल ‘दल फुटाउने र मिलाउने काम मेरो होइन, त्यस्तो अध्यादेश आउँदैन’: प्रधानमन्त्री ओली लस एन्जलस क्षेत्रमा आगलागी: उक्त क्षेत्रका नेपालीहरूको के छ अवस्था?