वैशाख १२, लहान । नम्बर खुल्न नसकेको मोटरसाइकलको ठक्करबाट सिरहाको लहान
नगरपालिका–९ स्थित सडकखण्डमा एक पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा सिरहाको
छर्रापट्टी–१९ निवासी ५० वर्षीय राजेन्द्र साह रहेको प्रहरीले जानकारी दिएको छ । गएराति १२ बजेतिर लहान
नगरपालिका–९ स्थित सडकखण्डमा हिँड्दै गरेका साहलाई मोटरसाइकलले ठक्कर दिएको थियो।
ठक्करबाट
गम्भीर घाइते भएका साहलाई उपचारका लागि विराटनगरस्थित नोवेल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको
इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। ठक्कर दिने मोटरसाइकल र चालकको खोजी भइरहेको प्रहरीले जानकरी
दिएको छ ।