2026-09-15 12:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढीमा १२ करोड बढीको लगानीमा फनपार्क सञ्चालनमा

वैशाख १४ कैलाली | कैलालीको धनगढीमा रु १२ करोड बढीको लगानीमा आजबाट धनगढी फनपार्क सञ्चालनमा आएको छ । 

धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडमा अवस्थित फनपार्क दुई वर्षको समयावधिमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो । सार्कस्तरिय उसु प्रतियोगिता समेत खेलिसकेका खेलाडी तथा व्यवसायी श्याम विष्ट, धर्मपालसिंह रावत, विजेन्द्रसिंह रावत रमुन्नि विष्टले संयुक्त लगानीमा उक्त फनपार्क निर्माण गरेका हुन् । 

खेलाडी विष्टले केही वर्षको कोरिया बसाइँपछि नेपाल फर्केर यस क्षेत्रमा फनपार्कको सम्भावना देखेर पार्क निर्माण गरेको बताउनुभयो । 

सञ्चालक विष्टले भन्नुभयो,“यस क्षेत्रमा हरेकवर्ष आयोजना हुँदै आएका विभिन्न खाले मेला तथा महोत्सवमा दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्य भन्दा पनि व्यापारिक प्रयोजनका लागि मात्रै सञ्चालन गरिने भएकाले पार्क निर्माणको उद्देश्य व्यापारिक प्रयोजन मात्र नभई आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन समेत प्रदान गर्नु हो ।” 

झण्डै अढाइ बिगाह क्षेत्रफलमा निर्माण गरिएको फनपार्कमा स्वीमिङ पुलसहित वेब पुल, किड्स पुल, मल्ट्रिल्याण्ड स्लाइड, ट्युवलाईट स्लाइड, पेन्डुलम, म्युजिकल फनटेन, ब्रेक डान्सलगायतका जलविहारमा आनन्द लिन सकिने सेवा उपलब्ध छन् । 

साथै फनपार्कमा रेष्टुरेन्टको समेत व्यवस्था गरिएको छ । बाहिरबाट आउने पर्यटकलाई रमाउनका लागि आवश्यक स्थान नभएपछि फनपार्क निर्माण गरेको अर्का सञ्चालक धर्मपाल सिंह रावतले बताउनुभयो । 

सञ्चालक रावत पार्कले आन्तरिक पर्यटकलाई सबैभन्दा बढी राहत हुने बताउनुहुन्छ । 

नेपाल भारत सीमाक्षेत्र नजिकै रहेको उक्त फन पार्कको निर्माणबाट आन्तरिक पर्यटकसँगै भारतीय सीमावर्ती बजारका पर्यटक भित्रिनेसमेत अपेक्षा गरिएको छ । 

पार्क निर्माणबाट स्थानीयस्तरमा गरिएको करोडौंको लगानीले स्थानीयवासीलाई रोजगारीलगायत नयाँ गन्तव्यसमेत थपिएको र यस क्षेत्रको विकासमा समेत थप टेवा पुग्ने भन्दै यहाँका बासिन्दाले खुसी व्यक्त गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ