२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखाको भिमसेन गाउँपालिका खान्चोकस्थित चामुण्डा प्राविमा कसले लगायो आगो ?

२०७५, १५ बैशाख शनिबार ०७:१७

वैशाख १५, गोरखा | गोरखाको भिमसेन गाउँपालिका वडा नं ५ खान्चोकस्थित चामुण्डा प्राविको अस्थायी टहरोमा गएराति आगलागी भएको छ । भूकम्पपछि निर्माण गरिएको विद्यालयको उक्त भवनमा गएराति १२ बजे आगलागी भएको हो ।

घ्याम्पेशालस्थित प्रहरी चौकीका असई प्रेम बानियाँले विद्यालयमा आगलागी भएको खबर स्थानियले दिएपछि घटनास्थलमा पुगेर स्थानियको सहयोगमा आगो नियान्त्रणमा लिएको बताए । उनले कसले र किन आगो लगायो भन्ने नखुलेको बताए । ‘आगलागीबाट टहरो पूर्ण रुपमा ध्वस्त भएको छ ।’ असई बानियाँले भने, ‘हामी अनुसन्धानको क्रममा रहेका छौं ।’

यतिबेला भिमसेन गाउँपालिका केन्द्रको विवाद पनि उत्कर्षमा पुगेको छ । बगुवामा रहेको कार्यालय घ्याम्पेशाल सार्ने भनिएपछि विगत ७५ दिनदेखि साविकको बगुवा गाविसका स्थानियहरु आन्दोलित छन् । केन्द्रका प्रमुख ईश्वर पाण्डेले विवाद समाधान गर्ने भन्दै शुक्रबार खान्चोकस्थित चामुण्डा स्कूलको प्राङ्गणमा कार्यपालिकाको बैठक बोलाएका थिए । तर बैठक कार्यपालिकाको संख्या नपुगेपछि विना निष्कर्ष टुंगिएको थियो ।


यसअघि बगुवामा भएको बैठकमा गाउँपालिका प्रमुख पाण्डेले बगुवामा रहेको कार्यलय खान्चोक सार्न सहमत भएपछि कार्यपालिकाको बैठक बोलाएको बुझिएको छ । तर वडा नं ५ का वडाध्यक्ष प्रेमचन्द्र श्रेष्ठले भने कार्यपालिकाको बैठक बस्नेबारे कुनै जानकारी नदिएका कारण बैठकमा आफू सहभागि हुन नपाएको बताएका छन् । ‘शुक्रबार म गोरखा सदरमुकाम जाने तयारीमा थिएँ । त्यति बेलासम्म बैठकबारे कुनै जानकारी थिएन् ।’ वडा अध्यक्ष श्रेष्ठले भने, ‘मैले प्रमुख पाण्डेलाई फोन गरेर गोरखा जान लागेको जानकारी गराउँदा उहाँले आज बैठक भनेपछि बल्ल थाहा पाएँ । मेरो कार्यक्रम तय भइसकेकोले म गोरखा आएँ ।’

शुक्रबार बोलाइएको बैठकमा माओवादीका प्रतिनिधीहरु सहभागि नभएपछि कार्यपालिकाको बैठक बस्न सकेन् । बैठकमा माओवादी सहभागि नभएको, घ्याम्पेशालमा कार्यालय सार्न नपाएको रिसमा विद्यालयको टहरामो आगो लगाएको हुन सक्ने स्थानियहरुले आशांका गरेका छन् । स्मरणरहोस्, गाउँपालिकाका प्रमुख पाण्डेले बगुवामा रहेको केन्द्र कार्यपालिकाको निर्णय विना नै घ्याम्पेशालमा सारेका थिए । यसको बिरोधमा बगुवाबासी विगत ७५ दिनदेखि आन्दोलनमा उत्रिएका छन् ।

बगुवाको लामाचौरमा केन्द्र राख्न नमान्ने प्रमुख पाण्डे खान्चोकमा केन्द्र राख्ने विषयमा सहमत हुनु यसभित्र केही रहस्य लुकेको स्थानियहरु बताउँछन् । प्रमुख पाण्डे जसरी पनि गाउँपालिकाको केन्द्र घ्याम्पेशाल सार्ने मनस्थितीमा छन् ।  बगुवामा रहेको केन्द्र केही समय खान्चोकमा सारेर फेरी घ्याम्पेशालमा पुर्याउने दाउमा पाण्डे लागिपरेको स्रोत बताउँछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते