२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाबाट काठमाण्डौ आउदै गरेको बस दुर्घटना, २ को मृत्यु, १० घाइते

१७ बैशाख २०७५, सोमबार ०६:४३

वैशाख १७ इटहरी | झापाको भद्रपुरबाट काठमाडौँतिर आउँदै गरेको बा४ख ६९१९ नंको माइक्रो बस आज बिहान मोरङ जिल्लाको सुन्दरहरैचा–७ ठडिया चोकमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु १० यात्रु घाइते भएका छन् । 

तीव्र गतिमा रहेको माइक्रोबस अनियन्त्रित भई ठडियाचोक नजिक रहेको सडक किनारको रुखमा ठक्कर लाग्दा सोही माइक्रो बसमा यात्रारत झापा भद्रपुर–१५ की ५१ वर्षीया उमा निरौला र सोही ठाउँकी ५२ वर्षीया श्याम कार्कीको उपचारका लागि विराटनगरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु प्रहरीले बताएको छ । 

दुर्घटनामा परी घाइते भएका माइक्रो चालक झापा दमक–५ का धीरज न्यौपाने र सहचालक धनुषाका दीपक पाण्डे, यात्रीहरु दमक–९ की नरमाया तामाङ, भद्रपुरकी सावित्री राई, मञ्जु तामाङ, नारायण वैद्य, प्रकाश कोइराला दमक–८ की विमला मैनाली बिर्तामोड–८ की पुण्यकुमारी विष्ट काठमाडौँ गोठाटारकी पुनम लामालगायतका अन्य घाइतेको विराटनगरको गोल्डेन अस्पतालमा उपचारार्थ पुर्याइएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । 

घाइतेमध्ये केहीलाई, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र इटहरीको सामुदायिक अस्पतालमा उपचारार्थ पु¥याइएको पनि ट्राफिक प्रहरीले बताएको छ । घाइतेको अवस्था सामान्य रहेको जनाइएको छ । 

तीव्र गति र पानी परिरहेको समयमा भएको दुर्घटनाका घाइतेलाई उद्धार गरी उपचार भइरहेको र केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ । मृतकको शव विराटनगरको गोल्डेन अस्पतालमा रहेको पनि ट्राफिक प्रहरीले जानकारी दिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य