2026-07-25 11:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेसले रिक्त पदाधिकारी मनोनयन गर्र्दै

भीष्मराज ओझा/वैशाख २१ काठमाडौँ | नेपाली काँग्रेसको आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले रिक्त पदाधिकारी मनोनयन गर्ने भएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बस्ने काँग्रेसका निर्वाचित पदाधिकारी एवं सदस्यको बैठकमा पदाधिकारी मनोनयनको कार्यसूची रहेको पार्टी कार्यालयले जनाएको छ । 

बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका लागि नाम प्रस्ताव गर्नुहुने र कार्यसमितिबाट त्यसलाई अनुमोदन गराउनुपर्ने केन्द्रीय सदस्य मीन विश्वकर्माले राससलाई जानकारी दिनुभयो । 

विधानको दफा २१ मा ८५ सदस्यीय केन्द्रीय समिति गठनको व्यवस्था छ । त्यसमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्षसहित ६४ जना निर्वाचित हुने र बाँकी सभापतिले मनोनयन गर्ने प्रावधान छ । विधानमा पार्टी सभापतिले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीसहित बाँकी सदस्य मनोनयन गर्ने व्यवस्था छ । 

आजको बैठकमा सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा प्रकाशशरण महतको नाम प्रस्ताव गर्नुहुने संस्थापन पक्षका एक केन्द्रीय सदस्यले बताउनुभयो । उहाँका अनुसार यसअघि सभापति देउवाले सहमहामन्त्री पद नेता पौडेल पक्षलाई दिने मनसाय बनाएको भए पनि पार्टीभित्रको पछिल्लो घटनाक्रमले त्यसमा फेरबदल आएको हो । 

वरिष्ठ नेता पौडेल पक्षले भने महाधिवेशन भएको दुई महिनामा गर्नुपर्ने पदाधिकारी मनोनयन दुई वर्षसम्म पनि नगर्दाको अवस्थामा विधानको प्रावधानलाई समेत सम्बोधन गर्ने गरी सहमतिमै पदाधिकारी मनोनयन गर्दा राम्रो सन्देश जाने सुझाव दिएको छ । 

साथै मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) पार्टीसँग एकीकरणका बेला भएको सहमतिअनुसार नेता विजयकुमार गच्छदार र सो दलका नेतालाई समेत व्यवस्थापन गर्ने गरी निर्णय गर्नुपर्ने केन्द्रीय सदस्य दीलेन्द्र बडूको भनाइ छ । 

सभापति देउवाले भने तत्काल नेता गच्छदारलाई वरिष्ठ नेता पौडेलपछिको वरियतामा वरिष्ठ नेताको स्थान दिने तयारी गर्नुभएको छ । काँग्रेसको हालको विधानले निर्वाचित केन्द्रीय सदस्यलाई मात्र पदाधिकारीमा मनोनयन गर्न पाउने व्यवस्था गरेको छ । 

यसअघि पदाधिकारी मनोनयनका लागि निर्वाचित पदाधिकारी एवं सदस्यको बैठक यही वैशाख १७ गते बस्ने भनिएकामा विशेष कारणवस स्थगित भएपछि बैठक आजका लागि बोलाइएको हो । 

वरिष्ठ नेता पौडेल पक्षले केन्द्रीय कार्यसमिति बैठक अघि पदाधिकारी मनोनयन सम्बन्धमा आन्तरीक छलफल गर्दैछ भने सभापति देउवा पक्षले सबै पदाधिकारी आफ्नै पक्षबाट मनोनयन गर्ने तयारी गरेको छ । 

यस अघि पार्टी केन्द्रीय कार्यसमिति बैठकमा निर्वाचनमा पार्टी पराजयको जिम्मा कसले लिने भन्ने सम्बन्धमा पनि दुबै पक्षबीच विवाद भएको थियो । अन्ततः गत चैत ९ गतेदेखि वैशाख १६ सम्म चलेको समीक्षा बैठकले पार्टी प्रतिकूल भएको निर्वाचन परिणामको जिम्मेवारी केन्द्रीय समितिले लिने निर्णय गरेको थियो । 

सो बैठकले काँग्रेसजिल्ला सभापति भेला आगामी जेठ अन्तिम सातामा आयोजना गर्ने, पार्टीको विधानलाई परिमार्जन एवं संशोधनलगायतका कार्य आगामी भदौमा हुने पार्टी महासमितिको बैठक गर्ने तयारी पनि गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ