वैशाख २१, काठमाडौं । गृहमन्त्री रामबहादुर ‘बादल’ले सेवा अवरुद्ध गर्ने देशभर ७७ जिल्लाकै यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै उनले आवश्यक सेवा सञ्चालन ऐन- २०१४ अनुरुप कारवाही गर्न निर्देशन दिएका छन् ।
अब प्रमुख जिल्ला अधिकारीहरुले सम्बन्धित यातायात समितिका पदाधिकारी पक्राउ गर्न प्रहरी परिचालन गर्ने गृहमन्त्रालय स्रोतले बतायो । गृह मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री थापाले बन्द गर्ने ब्यवसायी र समितिको सम्पत्तिसमेत छानबिन गरी आवश्यक अनुसन्धान अघि बढाउन सबै जिल्ला समन्वय समितिलाई निर्देशन दिएका छन् ।
सवारी साधन नचलाएर सरकारी निणर्यको बिरोध गर्नेलाई कारबाही गर्न र उनीहरुको सम्पतीको पनि छानविन गर्न गृहमन्त्रीले ठाडो निर्देशन दिनुभएको मन्त्रालयस्रोत ले जनाएको छ ।
साथै ऐनमा ६ महिनासम्म कैदसम्म गर्न सकिने व्यवस्था छ । हड्ताल गर्न उक्काउनेलाई एक वर्षसम्म कैद सजायको गर्न सकिन्छ ।