२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

जनप्रतिनिधि र कर्मचारी नहुँदा सेवाग्रही मर्कामा

२०७५, २२ बैशाख शनिबार ०६:५५

वैशाख २२, दुनै | त्रिपुरासुन्दरी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी लामो समयसम्म जिल्ला बाहिर हुँदा नगरको काम कारबाही प्रभावित भई सेवाग्राही मर्कामा परेका छन् । 

तालीम सेमिनार र कार्यालयको कामको लागि भनेर काजमा जिल्ला बाहिर गएका नगरपालिकाका प्रमुख ओमबहादुर बुढा प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर धरला र लेखापाल पदमप्रसाद खनाल लामो समयसम्म कार्यालयमा नफर्केपछि सेवा ग्राही मर्कामा परेका हुन । 

वैशाखको ७, ८ र ९ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भएको तालीममा सहभागी हुन गएका त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढा प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर धरला, नासु हीराचन्द्र धरला र लेखापाल पदमप्रसाद खनाल कार्यालयमा नफर्केपछि विभिन्न योजनाको फरफारकको लागि आउने उपभोक्ता समितिका पदाधिकारी नगरमा आउँदै खाली हात फर्कंदै गर्ने गरेका छन् । 

नगरपालिकाका नायब सुब्बा चन्द्रपसाद बुढथापा र लेखापाल पदमप्रसाद खनाल नगरपालिकाको डोजर खरिदका लागि भन्दै जिल्ला बाहिर गएको लामो समयसम्म कार्यालयमा नफर्केपछि अहिले नगरपालिकामा सामान्य सिफारिस बाहेक अन्य काम नहँुदा सर्वसाधारण खाली हात फर्कने गरेको र केही कर्मचारी कार्यालय कुरेर बस्नुको विकल्प नभएको निमित्त कार्यालय प्रमुख नासु जयशंकर धितालले बताउनुभयो । 

त्रिपुरासुन्दरी नगरपालिकामा स्थायी अस्थायी तथा करार गरेर ५१ जनाको कर्मचारी भए पनि केही ११ वार्डका कार्यालय सहयोगी सहायक र कृर्षी र पशु कार्यालयका केही कर्मचारी बाहेक अन्य कर्मचारी कार्यालयमा हाजिर भएको देखिदैन । त्रिपुरासुन्दरी नगरपालिकाका ११ वडामध्ये ९,१० र ११ वडाका सचिव तथा निमित्त कार्यालय प्रमुख जयशंकर धिताल बाहेक नासु सो सरहका कुनै पनि कर्मचारी नहुँदा वडामा सिफारिस गर्न समेत समस्या पर्ने गरेको बताइएको छ । 

त्रिपुरासुन्दरी नगरपालिकाको कार्यालय सामान्य रहेको वडा नं १ का सचिव नासु दीलीपकुमार चन्द गत फागुनको पहिलो साताबाटै जिल्ला बाहिर गएकोमा हालसम्म नआउँदा कार्यालको कामकाजमा समस्या पर्ने गरेको वडा अध्यक्ष कर्मसिंह थापाले बताउनुभयो । 

सिंहदरबारको अधिकार गाउँ÷गाउँमा आयो भन्थे तर नगरको कार्यशैली र नगरप्रतिनिधिको चालामाला हेर्दा के सिहदरबारको अधिकार आउथ्यो केवल सिंह मात्र आएको भान हुनथालेको छ सामान्य सिफारिसको लागि पहिला वडामा हुन्थ्यो तर अहिले नगरमा आउनु परेको छ गाउँमा सचिव छैनन् उहाँले थप्नुभयो । 

डोल्पा जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी कर्मचारी र सुविधा सम्पन्न नगरपालिकाको रुपमा रहेको त्रिपुरासुन्दरी नगरपालिकामा समेत नियमित कर्मचारीको व्यवस्थापन र जनप्रतिनिधिको गम्भीरता नहुँदा आफूहरुले स्थानीय सरकारको अनुभूति पाउन नसकेको समेत सर्वसाधारणले गुनासो पोख्न थालेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी