२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नो परिवारलाई घर बनाउन जग्गा खोज्दै प्रचण्ड पुगे ढिकुरपोखरी

२०७५, २२ बैशाख शनिबार ०८:४७

वैशाख २२, पोखरा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आफ्नो परिवारलाई घर बनाउने जग्गा खोज्दै जन्मथलो कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका स्थित ढिकुरपोखरी पुगेका छन् ।

प्रचण्ड शनिबार विहान आफ्नी पत्नी सीता दाहाल, छोरी गंगा दाहाल र नातिसहित त्यहाँ पुगेका हुन् । जग्गा खोज्ने क्रममा प्रचण्डले स्थानिय हरिध्वज तुलाचनको जग्गा हेरेका छन् । आफ्नो जन्म स्थानको चिनोको लागि पनि त्यहाँ प्रचण्डले घर बनाउने मानशिकता बनाएको बुझिएको छ । प्रचण्डले लिन लागेको जग्गाबाट माछापुछ्रे हिमसृंखला देखिने तथा निकै स्वस्छ वातावारणमा छ । त्यहाँको जग्गाको मूल्य जग्गाको मूल्य प्रतिरोपनी झन्डै ५० लाख पर्ने बताइएको छ ।

प्रचण्डले ढिकुरपोखरीमा पानीको समस्यालाई समाधान गर्न मन्त्री बिना मगरलाई निर्देशन दिइसकेको बताएका छन् । त्यस्तै विद्युत व्यवस्थापन समेत राम्रो नभएको समस्या गाउँलेले सुनाएपछी प्रचण्डले कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई समस्या समाधानको लागि निर्देशन समेत दिएका छन् ।

यसअघि प्रचण्डले आफू जन्मेको गाउँ कास्कीको ढिकुरपोखरीमा घर बनाउने चाहना राखेका थिए । उनलाई व्यवसायीहरुको जन्मस्थानमा घर बनाउन सल्लाह दिएपछि उनले ढिकुरपोखरीमा घर बनाउने चाहना भएको बताएका थिए ।

प्रचण्डको परिवार पहिले ढिकुरपोखरीमा थियो, पछि चितवनमा बसाइ सरेको थियो । केहि समय अघि अन्नपुर्ण काठमाडौं समाज नेपालको साधारणसभामा सहभागी हुँदा प्रचण्डले जन्मेको गाउँका शुभेच्छुकहरूको चाहनामा आफ्नो पनि सोच मिलेको भन्दै गाउँमा सानो झुपडी बनाउन चाहेको बताएका थिए ।

प्रचण्डले ढिकरपोखरीमा जाने आउने साइनो बनाउन पनि घर चाहिएको भन्दै त्यसो हुँदा त्यहाँको विकास निर्माणमा पनि प्रत्यक्ष संलग्न हुने अवसर मिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो