२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारी धारामै पानी छैन्, काकाकुल बन्दै सरकारी धाराचोकका बासिन्दा

२०७५, २३ बैशाख आईतवार ०८:३४

पूर्णप्रसाद मिश्र/वैशाख २३ काठमाडौँ | ठाउँको नाम सरकारी धाराचोक भए पनि खानेपानी नपाएर त्यहाँका बासिन्दा काकाकुल बनेका छन् । 

गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित अत्तरखेलमा रहेको सरकारी धाराचोकको सरकारी धारा तीन वर्षअघि सवारी साधनको ठक्करले भत्कियो । गोकर्ण ब्यारेजबाट गुह्येश्वरी फाँटमा सिँचाइका लागि पानी ल्याइएको राजकुलाको छेउमा पञ्चायतकालमै धारा बनाइएको थियो । 

यो धारा हुँदा घरमा धाराबाट पानी नआउनेले पनि पानी थाप्न पाएका थिए तर धारा भत्केपछि खानेपानी नपाएर पानीकै लागि भौँतारिनु परेको स्थानीय दीपक बस्नेतले गुनासो गर्नुभयो । 

सुन्दरीजलबाट ल्याइएको पानी सार्वजनिक धाराका रुपमा राखेपछि धेरै स्थानीयवासीले सुविधा पाएका थिए । धारा बिग्रँदै गएपछि कसैले मर्मत नगरेको र जीर्ण बनेको धारालाई गाडीले सामान्य ठक्कर दिँदा भत्किएको स्थानीय सडक सुधार समितिका अध्यक्ष टेकबहादुर बस्नेतले बताउनुभयो । 

धारा किनारको १६० मिटर दूरीको सडक कालोपत्र गर्न चार वर्ष लागेको उहाँको गुनासो थियो । “नगरपालिकाले प्रत्येक वर्ष रु तीनदेखि चार लाख बजेटमात्र छुट्याउँछ, तर पनि छोटो दूरीको सडक कालोपत्र गर्न चार वर्ष कुर्नुप¥यो । ”–उहाँले भन्नुभयो । 

राजकुलामा बनेको सडकको यो हालत छ भने भत्किएको धारा पुनःनिर्माणमा पनि कसैले ध्यान नदिएकामा स्थानीयवासी असन्तुष्ट छन् । गोकर्णेश्वर नगरपालिका वडा नं –८ का अध्यक्ष मनोज ढुँगाना भने सुन्दरीजलबाट पानी आउन छोडेपछि धारा पनि बन्द भएकाले सरकारी धारा हराएको बताउनुभयो । 

उपत्यकामा थोरै घर हुँदा बनेका सरकारी धारा जनघनत्व बढेसँगै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले भत्काएको थियो । घर बढेसँगै उपत्यकाका धेरै घरमा लिमिटेडको धारा जोडिएको छ तर ती धारामा पानी होइन हावा आउने गरेको उपभोक्ताको भनाइ थियो । सरकारी धाराले पानीको महसुल पनि नतिर्ने भएकाले लिमिटेडलाई आर्थिक भार समेत थियो । 

लिमिटेडका प्रवक्ता सुरेश आचार्य खानेपानी संस्थान कम्पनीमा गएपछि विसं २०६४ फागुन १ गतेपछि सार्वजनिक धारा जडान नगरिएको उल्लेख गर्नुभयो “संस्थान हुँदा उपत्यकामा एक हजार १९६ धारा वितरण गरिएको थियो, त्यसबेला अर्थ मन्त्रालयले सार्वजनिक धाराको महसुल तिथ्र्यो, कम्पनीमा गएपछि स्थानीय सरकारले तिर्ने भनेपनि अहिलेसम्म महसुल बुझाएका छैनन्”–उहाँले भन्नुभयो । 

अब कतै सार्वजनिक धारा राखिए स्थानीय तहले नै महसुल तिर्नुपर्ने लिमिटेडले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो