२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

अभावमा गुज्रदै बुलिङटार गाउँपालिका

२०७५, २३ बैशाख आईतवार १०:०६

वैशाख २३ नवलपरासी | भौतिक संरचना तथा आवश्यक कर्मचारी नहुँदा पनि पूर्वी नवलपरासीको पहाडी बुलिङटार गाउँपालिका जसोतसो सञ्चालन हँुदै आएको छ । 

गाउँपालिका क्षेत्रभित्र राष्ट्रिय प्रशारणको लाइन (विद्युत्), इन्टरनेटको पहुँच, गाउँपालिकाको भौतिक पूर्वाधार सहितको भवन र दरबन्दी अनुसार कर्मचारीको अभावमा पनि उक्त गाउँपालिका सञ्चालन हुँदै आएको अध्यक्ष शशिकिरण बस्ताकोटीले जानकारी दिनुभयो । 

उक्त गाउँपालिकामा इन्टनेट नभएका कारण मन्त्रालयको निर्देशन, पत्राचार वा निर्णय समयमै थाहा पाउन नसक्दा कार्यसम्पादनमा निकै कठिनाइ भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले बताउनुभयो । 

गाउँपालिका कार्यालयमा इन्टरनेट नहुँदा दिनभरी समय खर्चेर सदरमुकाम कावासोती वा गैंडाकोट पुग्नुपर्छ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो, “हुलाकद्वारा आउने पत्र आउन एक महिनासम्म लाग्छ कसरी समग्र गाउँपालिकाको काम सहज हुनसक्छ ” । 

गाउँपालिका क्षेत्रभित्र राष्ट्रिय प्रशारणको लाइन ( विद्युत्) नभए पनि लद्यु विद्युतीकरण र सोलारको व्यवस्था भए पनि त्यो प्रभावकारी छैन् । 

राष्ट्रिय प्रशारणको लाइन नहुँदा विशेष गरी स्वास्थ्य चौकीका उपकरण सञ्चालन हुनसकेको छैन् भने विभिन्न सरकारी कार्यालयमा विद्युतीय हाजारी जडान गरे पनि सेवा प्रभावकारी हुनसकेको छैन् । 

अझ बढी समस्या गाउँपालिका कर्मचारीको छ । छ वटा वडा रहेको यस गाउँपालिकामा एक जना पनि वडा सचिव नहुँदा सबै वडाको काम समेत सिंगो गाउँपालिकाले गर्दै आएको छ । 

छ वटा वडा कार्यालयमा वडा सचिव अथवा पञ्जिकाधिकारी नहुँदा सबै वडाको वडा सचिव तथा पञ्जिकाधिकारीको भूमिका समेत आफैले निर्वाह गर्दै आएको स्वास्थ्य शाखाका स्वास्थ्य सहायक गणेश न्यौपानेले जानकारी दिनुभयो । 

इन्टरनेटको पहुँच नहुँदा दैनिक घटना दर्ता अनलाइन गर्न सकिएको छैन स्वास्थ्य सहायक न्यौपानेले भन्नुभयो, “पञ्जिकरणको काम तत्कालै अनलाइनबाट गर्नुपर्ने भए पनि यस गाउँपालिकामा त्यसो गर्न असम्भव भएकाले रेकर्डमा उल्लेख गर्ने गरिन्छ । 

कूल २९ जनाको दरबन्दी रहेपनि अहिले एक प्रमुख प्रशासकीय अधिकृत, एक सहलेखापाल, एक सवओभरसियर र एक सुब्वासहित चार जनाले मात्र सिंगो गाउँपालिका चलाउँदै आएका छन् । हाल यस गाउँपालिकामा २० हजार जनसंख्या छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश