२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

विदेशमा ज्यान गुमाएका व्यक्तिको क्षतिपूर्ति लिन नुवाकोटका हकदार आएनन्

२७ बैशाख २०७५, बिहीबार ०८:०४

वैशाख २७ नुवाकोट | वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका व्यक्तिको नाममा आएको क्षतिपूर्ति रकम लिन नुवाकोटका केही हकदार सम्पर्कमा आएका छैनन् । 

मृतकका हकदार तथा आफन्तलाई जानकारी गराए पनि रकमको दाबी गर्न हकदार एवं आफन्त नआएको जिल्ला प्रशासन कार्यालयका लेखापाल राम्जी लम्सालले जानकारी दिनुभयो । 

उहाँको अनुसार २०६९ सालदेखि हालसम्म वैदेशिक रोजगारको सिलसिलामा विदेशमा ज्यान गुमाएका १२ जनाको रु सात लाख ८५ हजार रकम प्रशासनको खातामा थन्किएको छ । 

“वैदेशिक रोजगारीमा रहँदा दुर्घटना तथा भवितव्य मृत्यु भएका व्यक्तिको लागि कम्पनीले क्षतिपूर्तिबापतको रकम प्रशासनमार्फत हकदारलाई उपलब्ध गराएको छ ।” लम्सालले भन्नुभयो, “रकम आएको जानकारी मृतकको ठेगानाका हकदार देखिएकालाई पत्र र हकदार पहिचान नहुँदा आफन्तलाई विभिन्न माध्यमबाट जानकारी गराए पनि रकम लिन आएका छैनन् ।” 

प्रशासन कार्यालयका अनुसार आर्थिक वर्ष २०६९ र ७० मा ज्यान गुमाएका चारजना र आव २०७२ देखि चालू आवसम्म आठजनाको रकम प्रशासनको खातामा नै थन्किएको हो । पछिल्लो दुई वर्षमा नुवाकोटबाट वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका २३ जनाको क्षतिपूर्ति रकम प्रशासनमा आएको थियो । 

लेखापाल लम्सालका अनुसार ज्यान गुमाउनेको क्षतिपूर्ति रकम कम्पनी नियमअनुसार रु १० हजारदेखि रु ५५ लाख ४० हजारसम्म आएको छ । 

कम्पनीको वर्गीकरण, बीमा, मृत्युको कारण, कानूनी उपचारलगायतले क्षतिपूर्ति रकम फरक फरक आउने गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य