२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीका विभिन्न ठाउँमा झोलुङ्गे पुल निर्माणका लागि सिफारिस

२८ बैशाख २०७५, शुक्रबार ०७:३३

वैशाख २८ म्याग्दी | पहाडी जिल्ला म्याग्दीका विभिन्न ६ ठाउँमा लामो झोलुङ्गे पुल निर्माणका लागि सिफारिस गरिएको छ । 

जिल्ला समन्वय समितिको बैठकले भौगोलिक रुपमा विकटता रहेका गाउँबस्तीलाई जोड्नका लागि लामो झोलुङ्गे पुल निर्माणका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको लामो पुल हेर्ने विभागमा सिफारिस गरेको हो । 

अन्नपूर्ण गाउँपालिकाको राम्चे–नागी, तल्लो शिख–किन्दु, रघुगंगा गाउँपालिकाको चिमखोलाको सिस्नेरी–रायखोर, दरमिजा–पाखापानी, मौवाफाँट–पात्लेखेतमा निर्माण हुने लामो पुलको सम्भाव्यता अध्ययनका लागि योजना सिफारिस गरिएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभयो । 

उहाँका अनुसार धौलागिरि गाउँपालिकाको मुदीदेखि खिबाङ गाउँ जोड्नका लागिसमेत लामो पुलको सम्भाव्यता अध्ययनका लागि सिफारिस गरिएको छ । 

“अहिले यी ठाउँमा वारपारका लागि घण्टौँको फेरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ, लामो पुलहरुले एकापसमा आवतजावतलाई सहज बनाउने भएकाले सम्भाव्यता अध्ययनका लागि सिफारिस गरेका हौँ”, जिसस प्रमुख केसीले भन्नुभयो । 

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नका लागि नेपालकै लामो झोलुङ्गे पुल निर्माण भइसकेको छ । 

दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको उक्त ३६५ दशमलव ८० मिटर लामो झोलुङ्गे पुलले बेग र बाँदुक गाउँमा वारपारका लागि करीब तीन घण्टाको यात्रा ३० मिनेटमै छोटाएको छ । 

यसअघि जिल्लाको मौवाफाँट थाकनको डिलदेखि काउलेगौडाको फेदी, रत्नेचौरदेखि बागलुङको कुँडुले र गलेश्वरदेखि राममन्दिर जोड्ने गरी लामो पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गरिसकिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने