जुम्लाको सिमानामा पर्ने जगदुल्ला गाउपालिका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 जुम्लाको सिमानामा पर्ने जगदुल्ला गाउपालिका"/>

2026-09-03 05:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

कर्णाली राजमार्गमा जोडियो डोल्पाको जगदुल्ला

टेकबहादुर शाही/बैशाख ३१, डोल्पा | डोल्पाको जगदुल्ला गाउपालिकामा पहिलो पटक कर्णाली राजमार्गबाट जिप पुगेको छ ।

 जुम्लाको सिमानामा पर्ने जगदुल्ला गाउपालिकामा पहिलो पटक छिमेकी जिल्ला जुम्लाबाट जिप पुगे पछि स्थानीयहरुले खुसिहुदै स्वागत गरेका छन । 

साबिकको रिमी र काईगाउ गाविस मिलेर बनेको जगदुल्ला गाउपालिकामा कर्णाली राजमार्गमा जोडिने डोल्पाको पहिलो स्थानीयतह भएको जगदुल्ला गाउपालिकाका अध्यक्ष नारासिंह रोकायालेले बताए । उनले भने निकै ठुलो प्रयासबाट कर्णाली राजमार्गमा जगदुल्ला गाउपालिकालाइ जिप सञ्चालन गरेर जोडियो अबको केहि महिनामा साना मालबहाक गाडिहरु पनि सञ्चालनमा आउने छन । 

जुम्ला र डोल्पामो सिमानामा पर्ने मौरे लेखबाट त्रिपूरा सुन्दरी सम्मको ७२ किलोमिटर सड्क खण्ड हाल निर्माणाधिन अबस्थामा रहेको छ । करिव ४६ किलोमिटर सड्क निर्माण भइ सकेकोले जुम्लाबाट सिधै जिप जगदुल्ला गाउपालिकाको काईगाउ सम्म सञ्चालनमा ल्याएको निमित्त प्रमुख प्रशासकिय अधिकृत कमल बरुवालले बताए । उनले भने अब जगदुल्ला गाउपालिकाका जनताले निकै सुफत मुल्यमा दैनकि उपभोग्य बस्तूहरु उपभोग गर्न पाउनेछन । 

जुम्लाबाट बा १९ च १६६८ नम्बरको जिप पहिलो पटक जगदुल्ला गाउपालिकाका पुग्दा स्थानीयले स्वागत गरेका थिए भने पहिलो पटक जिप हेर्नेहरुको भिड लागेको स्थानीय हरिबहादुर शाहीले बताए । उनले भने नेपालगञ्जबाट लामो दुरिमा पर्ने भए पनि कर्णली राजमार्गमा जगदुल्ला गाउपालिका जोडिए पछि स्थानीयलाइ दैनिक उपभोग्य सामान त सुफत हुने नै भयो र यात्राको लागि पनि सहज हुने जानकारी दिए । 

देश संघियतामा गए संगै पाच बर्षमा सरकारले दिने बजेटबाट नमुना गाउपालिका बनाउने र जगदुल्ला गाउपालिकाका नागरिकले घरघरमा सरकार अर्थात गाउगाउमा सिँहदरबारको अनुभुति गराउने गाउपालिका अध्यक्ष नारासिंह रोकायाले दावी गरे । उनका अनुसार सरकारले बिकास गर अनि नागरिकलाइ सेवा प्रदान गर भनेकै कारण जनताको हित अनूरुप काम गर्ने बताए । 

जगदुल्ला गाउपालिकाका सबै वडामा सड्क दुइ महिनामा पुर्याउने र सञ्चार,शिक्षा,बिद्युत,यातायात लगायका सबै सेवाहरु प्रभाबकारि बनाउने अध्यक्ष रोकायाको प्रतिबद्धता छ । उनले भने आज जिप आउदा त जनता यति खसि छन भने सरकारले दिने सबै सेवा घरमा लिन पाए कति खुसि होलान नागरिकहरु त्यसैले डोल्पामा मात्रै होइन देशकै नमुना गाउपालिका बनाउछु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही