२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समाचार साभार नगर्न/नगराउन प्रेस काउन्सिलको ध्यानाकर्षण

२०७५, ३१ बैशाख सोमबार १४:१५

वैशाख ३१, काठमाडौँ | पछिल्लो समय अनलाइन मिडियाहरुले अरु संचारमाध्यमले लेखेको समाचार साभार गर्ने काम भईरहेको भन्दै प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण गराएको छ । 

प्रेस काउन्सिलले संचार माध्यमहरुलाई ध्यानाकर्षण गराउंदै यस बिषयमा ध्यानाकर्षण गराएको हो । काउन्सिलले ध्यानाकर्षण पत्र अनुसार आमसञ्चारमाध्यमले सकारात्मक योगदान गर्दागर्दै पनि पछिल्लो चरणमा नेपाली पत्रकारिता–जगतमा झन्झन् विभिन्न खालका नकारात्मक प्रवृत्तिहरु देखापर्न थालेको जनाएको छ । काउन्सिलले अगाडी भनेको छ – 'यस्ता प्रवृत्तिका कारण सिङ्गो पत्रकारिता–जगतप्रति नकारात्मक टिकाटिप्पणी हुने गरेको छ ।' 

काउन्सिलका अनुसार पत्रकारितामा पछिल्लो समय सबैभन्दा ठूलो समस्या समाचारको हुबहु साभार भएको जनाएको छ । पत्राचारमा भनिएको छ 'कुनै आमसञ्चारमाध्यमले तयार पारेको समाचार तथा समाचार सामग्री अर्को आमसञ्चारमाध्यमले जस्ताको तस्तै साभार गर्दा आफूलाई असर गरेको भन्ने उजुरी राष्ट्रिय समाचार समिति लगायतका माध्यमबाट काउन्सिलमा पर्ने गरेको छ । यस्तै कतिपय आमसञ्चारमाध्यमले आफ्ना मौलिक समाचार तथा समाचार सामग्री अनुमतिबिना सम्प्रेषण हुने गरेको भन्दै यस्तो कार्य नगर्न सार्वजनिक सूचना समेत जारी गरेको पाइएको छ ।' त्यस्तै प्रेस काउन्सिल नेपालको पछिल्लो अनुगमन र अभिलेखअनुसार  समाचार तथा समाचार–सामग्री साभार गर्ने कार्यमा सबैभन्दा अगाडि विभिन्न अनलाइन माध्यम देखिएका छन् भन्दै यस्तो कार्य पत्रकार आचारसंहिता– २०७३ विपरीत देखिएको प्रेस काउन्सिलले जनाएको छ । 

काउन्सिलले संचारमाध्यमहरुलाई पठाएको पत्रमा बिनाअनुमति तथा सत्य–तथ्य एवम् विश्वसनीयताको परीक्षण नगरी कुनै समाचार तथा समाचार–सामग्री साभार नगर्न/नगराउन सम्पूर्ण पत्रकार र  आमसञ्चारमाध्यमलाई को ध्यानाकर्षण गराएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु