१० मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

वर्षा नहुँदा पर्वतका कृषकले मकै छर्न पाएनन्

२७ चैत्र २०७२, शनिबार ०७:४४

पर्वत, लामो समयसम्म वर्षा नहुँदा पर्वतका विभिन्न गाविसका कृषकले मकैखेती गर्न पाएका छैनन् । जिल्लामा धानपछिको दोस्रो बालीका रुपमा रहेको मकै लगाउने मौसम सकिनै लाग्दा पनि वर्षा नभएका कारण कृषकले खेतबारीमा लगाउन नपाएका हुन् ।

जिल्लाका अधिकांश गाविसका कृषकले चैतको अन्तिम सातासम्म पनि मकैखेती गर्न नपाएको गुनासो गरेका छन् । सिँचाइ सुविधा पुगेका क्षेत्रमा खासै समस्या नभए पनि सिँचाइको सुविधा नभएका ठाउँमा भने समस्या भएको कृषकको गुनासो रहेको छ ।

खासगरी फागुन महिनाभित्र खेतमा र चैत महिनाभित्र बारीमा मकैखेती लगाइसक्नुपर्ने भएपनि पानी नपरेका कारण कुनै पनि ठाउँमा मकै रोप्न नपाएको ठूलीपोखरीका कृषक राम सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो – “अहिलेसम्म पानी परेको छैन । सुरुमा खेतमा अलिकति लगाएका मकै पनि उम्रिएनन् । बारीमा लगाउनै पाइएको छैन ।

कहिले पानी पर्ला भनेर कृषक आकाशतिरै हेरेर दिन कटाउन बाध्य छन् ।” जिल्लाको पिपलटारी, ठूलीपोखरी, आर्थर चित्रे, खौला, कार्कीनेटा, लुँखुदेउराली, पाखापानी, खानीगाउँ देवीस्थान, कटुवाचौपारी कुर्घालगायत दुई दर्जन गाविसमा मकैखेती लगाउन नपाएको कृषकले गुनासो गरेका छन् ।

असोज महिनापछि एकपटक पनि वर्षा नभएकाले बाँझो जमिन जोत्नसमेत समस्या भएको लुँखुदेउरालीकी कृषक सरस्वती अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो – “हिउँदभरि वर्षा नै नभर बाँझो जोत्नसमेत पाइएन । के गरी मकै लगाउने रु”

जिल्लाको देउपुर, देउराली, बाजुङ, लेखफाँट, क्याङ, भुकताङले, हवास, त्रिवेणी, सरौखोला, भोर्लेलगायतका गाविसमा मकैखेती लगाइसकेका छन् ।

चैत महिनाभित्र मकैखेती रोप्न नपाए उत्पादन घट्ने र खेतमा धान रोप्नसमेत ढिलाइ हुने भएकाले उत्पादनमा असर पर्ने जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।

यसैबीच, जिल्ला कृषि विकास कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा यस वर्ष १८ मेट्रिक टन मकैको बीउ वितरण गरेको छ । कृषकलाई रु १५ प्रतिकिलोको दरमा मकैको बीउ वितरण गरिएको हो । राम्रो उत्पादन दिनेखालको मकैको बीउ कृषकको मागअनुसार वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत रेग्मीले जानकारी दिनुभयो ।

कार्यालयबाट आवश्यकताअनुसार बीउ खरिद गरेर राखेका कृषकले खेतबारीमा रोप्न नपाउँदा झनै समस्या परेको फलेवासका कृषक लकास सुवेदीले गुनासो गर्नुभयो ।

पर्वतमा १४ हजार २८५ हेक्टर क्षेत्रफलमा मकैखेती हुँदै आएको छ । वार्षिक रुपमा जिल्लामा ३१ हजार १३५ मेट्रिक टन मकै उत्पादन हुने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उदयपुरमा घरभित्रै घुसेर कारले ठक्कर दिँदा ४५ वर्षीया कमलाको घटनास्थमै मृत्यु ओलीले गरे एनपीएलको ट्रफी सार्वजनिक, खेलाडीहरुको गरे तारिफ आज एकैदिन १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, कसरी भयो यतिधेरै गिरावट ? वायु प्रदूषण बढेको पाइएपछि प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागले गरे आग्रह प्रिमियर लिगमा साउथ ह्याम्पटनलाई हराउदै लिभरपुलको जित चीन भ्रमणबारे परामर्श लिन प्रधानमन्त्री ओलीले बोलाए बैठक सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन प्रधानमन्त्री ओलीद्वारा आज एनपिएलको ट्रफी सार्वजनिक मौसम : देशको केही भूभागमा वर्षाको सम्भावना दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्नअदालतले दियो अनुमति रुखले च्यापिएर एकको मृत्यु, दुई घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै जीपीएसकाे भर पर्दा कार नदीमा खस्याे, तीन जनाको मृत्यु प्रदर्शनको २४ दिनसम्म ‘पूर्णबहादुरको सारंगी’ले कमायो साढे ४३ करोड आईपीएल इतिहासकै महँगा खेलाडी बने श्रेयस अय्यर अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त फिल्म तेल भिसाको शुरुवाति कमाई कस्तो ? रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली