२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

लागूऔषधसहित झापा र मोरङबाट ४ जना पक्राउ

२०७५, ६ जेष्ठ आईतवार ०७:४१

जेठ ६ विराटनगर | लागूऔषधसहित झापा र मोरङबाट ४ जना पक्राउ परेका छन्।

झापाको मेचीनगर नगरपालिका–६ बाट ब्राउनसुगरसहित वडा नम्बर ३ बाहुनडाँगीका २५ वर्षीय रावल रायमाझी र २३ वर्षीय अनिल दनुवार पक्राउ परेका छन्। उनीहरुको साथबाट ४ सय मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।

भारतीय बजार पानीटंकीबाट मे५प ८६६ नम्बरको स्कुटरमा नेपाल छिरेका दुवैलाई लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाको टोलीले मेचीनगर नगरपालिका–६ स्थित भन्सार कार्यालय नजिकैबाट पक्राउ गरेको थियो। दुवैलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको छ।

यसैगरी, मोरङको विराटनगर महानगरपालिका–४, निमुवाबाट लागूऔषधसहित मकवानपुरको हेटौंडा–४ का दिपेश श्रेष्ठ र सुनसरीको धरान–११ का उमेश भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ।

कोशी राजमार्गअन्तर्गत मोरङको निमुवामा सवारी चेकजाँच गर्ने क्रममा टिडिजेसिक, एभिल, डाइजेल्याब, लुपिजेसिक लगायतका लागूऔषध बरामद भएपछि उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते