२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा प्रहरीको आँखा छलि संविधान जलाईयो

२०७२, ४ आश्विन सोमबार २३:४०

अजयकुमार साह/ असोज ५, उदयपुर(गाईघाट) । उदयपुरको सदरमुकाम गाईघाटमा संविधान विरोधी आन्दोलनकारीहरुले सोमबार संविधान
जलाएका छन् । विहान ११ बजे आन्दोलनकारीहरुले गाईघाटको मुख्यचौकमा संविधान जलाएका हुन् । नाराजुलुससहित
नगर परिक्रमा पछि चौकमा जम्मा भएका आन्दोलनकारीहरुले प्रहरीको आँखा छल्दै संविधान जलाएका छन् । प्रहरीले
जलाउन रोक्ने प्रयास गरेको भए पनि उनीहरुले संविधान लेखिएको कागजमा पेट्रोल छर्केर जलाएका थिए । संविधान
जलाउने क्रममा प्रहरी र आन्दोलनकारीबीच केहीबेर ठेलमठेल चलेको थियो ।

sambidhan udaypur

जिल्लामा संघीय समाजबादी फोरम नेपाल, नेकपा
माओबादी बैद्य समुह, नेकपा माओबादी विपल्व समुह, नेकपा माओबादी मातृका समुह थारुहट/थारुवान संघर्ष
समिति, थारु कल्याकारीणी सभा, संयुक्त मधेशी मोर्चा लगायत जिल्लामा ११ वटा दल संविधानको विरोधमा
आन्दोलनरत छन् ।

यता संविधान घोषणा भएकै दिनदेखी आन्दोलन सकिने
र बजार पसल खुल्ने सर्वसाधारणको अनुमान विपरित आन्दोलन झन झन कडा हुँदै गईरहेको छ । आन्दोलनरत पक्षहरु
एकाविहानै कालो झण्डा बोकी सदरमुकाम गाईघाटमा नारा जुलुस गर्दै आईरहेकाछन् । स्थानिय बजार, पसल, उद्योग,
कलकाराखान, विद्यालय सवै ठप्प रहेको छ ।

sambidhan in udaypur

स्थानिय प्रशासनले सुरक्षा व्यवस्था झन कडा
बनाउँदै लगेको छ । २४ औं घण्टा स्थानिय बजार क्षेत्र र आसपासका स्थानहरुमा नेपाल प्रहरी, शसस्त्र
प्रहरी, गुप्तचरहरु खटाईएको छ । कुनै पनि बेला हुनसक्ने झडपको स्थितीलाई नियन्त्रणमा लिन सुरक्षा
व्यवस्था कडा पारिएको र सुरक्षाका सवै अंगहरु हाई अलर्ट रहेको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र
घिमिरेले बताए ।

निरन्तरको बन्दका कारण स्थानिय बजारमा
खाद्यान्न र अन्य दैनिक उपभोग्य सामंग्रीको अभाव हुँदै गईरहेको छ । स्थानिय बैंकहरुमा नोट अभावका कारण
सर्वसाधारणले मागे जति रकम बैंकले दिन नसकेको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतले
बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा