२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

रकम अभावका कारण बैंकहरु ठप्प हुने अवस्थामा

६ आश्विन २०७२, बुधबार ०४:५२

अजयकुमार साह, असोज ६, उदयपुर । करिब ४० दिन लामो बन्द हडतालका कारण सरकारी र निजी बैंकमा नोट जम्मा हुन नपाएपछि उदयपुरका प्रमुख सरकारी
र निजी बैंकहरु बिहिबार देखी लगभग ठप्प हुने अवस्थामा पुगेको छ ।

bank
संविधानमा आफ्नो हक अधिकार सुनिश्चित हुनुपर्ने माग राख्दै विरोधमा रहेका विभिन्न पार्टी तथा
समूहले गरेको तराई बन्दले समयमा नेपाल राष्ट्र बैंक जनकपुरबाट रकम भित्राउन नसक्दा रकम अभाव भएको हो

बैंकमा रकम जम्मा गर्ने भन्दा पनि निकाल्नेको संख्यामा बृद्धि भएको र राष्ट्रिय वाणिज्य बैंकले
नेपाल राष्ट्र बैंकबाट आन्दोलनका कारण समयमा नोट ढुवानी गरेर ल्याउन नसकेकोले जिल्लामा रकम अभाव भएको
बाणिज्य बैंकका शाखा प्रबन्धक भोला कार्कीले बताए ।
बुधबार सम्म अधिक्तम ५० हजार बराबरको रकम
ग्राहकलाई दिईरहेकोमा विहिबारदेखी एक रुपैया समेत दिननसक्ने अवस्थामा रहेको प्रबन्धक कार्कीले बताए ।
उनले रावा बैंक गाईघाट शाखाले राष्ट बैक क्षेत्रिय कार्यालय जनकपुरबाट रकम ल्याउदै आएकोमा बन्दहडतालका
कारण नोट ढुवानी गर्न नसक्दा मौजाद रकमसमेत रित्तिदैँ गएको बताए ।
करिव ४० दिन देखि व्यापार व्यवसाय
ठप्प हुदाँ रकम जम्मा हुन नसक्नु र रेमिट्यान्स लगाएत अन्य विभिन्न कारोवारमा बढि रकम भुक्तानी भएको
कारण नोटको अभाव भएको शाखा प्रबन्धक कार्कीले बताए । राबा बैंकबाट मात्र दैनिक ३ देखी ४ करोडको नोटको
कारोबार हुने गरेको छ ।
यता सरकारी बैंकको रुपमा रहेको नेपाल बैंकमा समेत रकम अभाव हुन थालेको शाखा
प्रबन्धक धर्मेन्द्रलाल कर्णले बताए । सदरमुकाम स्थित रहेको निजी बैंक ग्लोबल बैंकमा समेत रकम अभाव
हुँदै गएको जनाईएकोछ । दैनिक करिब करोडौं रकम निकासा भईरहेको तर जम्मा भने न्युन भएकोले रकम अभाव हुन
थालेको बैंकका शाखा प्रबन्धक सुमित गिरीले बताए । गिरीका अनुसार रकम निकासाका लागी लहान, सिराहा, जनकपुर
लगायतका क्षेत्रबाट समेत ग्राहक रकम निकासाका लागी आउने गरेकोले रकम अभाव तिव्र हुँदै गएको हो ।
राबा
बैंकका शाखा प्रबन्धक कार्कीका अनुसार नोट ढुवानीका लागी नेपाली सेनाको हेलीकप्टरबाट ढुवानी गर्न पहल
भईरहेकोले समस्या छिट्टै समाधान हुने बताए । तर सेनाले सुरक्षाको कारण देखाउँदै आलटाल गरिरहेको श्रोतले
जनाएको छ । उदयपुरमा निजी क्षेत्रका एक दर्जन बाणिज्य बैकहरु संचालनमा रहेका छन । बन्दहडताल जारी रहँदा
नजिकिँदै गएको दशै, तिहार जस्ता चाडपर्ब समेत असर पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालमा मातृ तथा शिशु मृत्युदर शून्यमै झार्ने लक्ष्यका साथ निरन्तर रुपमा अघि बढ्नुपर्ने : प्रदीप पौडेल आज १४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन जारी मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह अहमद बदावीको निधन भक्तपुरमा सिन्दूर जात्रा मनाइयो सुनसरीका विभिन्न स्थानमा सिरुवा मेला लाग्न सुरु जनताका समस्या समाधानतर्फ लाग्नुपर्नेमा महामन्त्री थापाको जोड बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ९७० ग्राम गाँजासहित एक जना पक्राउ माओवादी केन्द्रको जागरण अभियान नवलपुरबाट पुनः सुरु डोनाल्ड ट्रम्पले इरानले आणविक हतियारको विचार त्याग्नुपर्ने बताए ट्यांकीभित्र मृत भेटिएकी दुर्गाको हत्या उनकै दाइले गरेको खुलेको, यसरी परे पक्राउ सुनसरीको देवानगञ्जमा गोली चलाएर तीन जनालाई घाइते बनाएको आरोपमा दुई जना पक्राउ प्रचण्डले देवचुलीको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको अनुगमन गरे नारायणघाट–बुटवल सडकखण्ड वैशाख १५ सम्म रातको समयमा ६ घण्टा बन्द हुने बारुलोको हमलामा बेहुलासहित २५ जना घाइते, विवाह स्थगित बारम्बार बत्ति जाने समस्या, प्राधिकरणले दियो जवाफ शेरबहादुर देउवा गठबन्धनबाट नहल्लिएसम्म सरकार र गठबन्धन दायाँबायाँ नहुने राजनीतिमा अडान र बफादारी भन्ने कुरा शेरबहादुर देउवाबाट सिक्नुपर्छ : महेश बस्नेत गगन थापाले नागरिकका अपेक्षा पूरा गर्नका लागि सरकारले गति लिन नसकेको बताए आजदेखि पाँच रुपैयाँका १० लाख थान नयाँ नोट चलनचल्तीमा