२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

रकम अभावका कारण बैंकहरु ठप्प हुने अवस्थामा

२०७२, ६ आश्विन बुधबार ०४:५२

अजयकुमार साह, असोज ६, उदयपुर । करिब ४० दिन लामो बन्द हडतालका कारण सरकारी र निजी बैंकमा नोट जम्मा हुन नपाएपछि उदयपुरका प्रमुख सरकारी
र निजी बैंकहरु बिहिबार देखी लगभग ठप्प हुने अवस्थामा पुगेको छ ।

bank
संविधानमा आफ्नो हक अधिकार सुनिश्चित हुनुपर्ने माग राख्दै विरोधमा रहेका विभिन्न पार्टी तथा
समूहले गरेको तराई बन्दले समयमा नेपाल राष्ट्र बैंक जनकपुरबाट रकम भित्राउन नसक्दा रकम अभाव भएको हो

बैंकमा रकम जम्मा गर्ने भन्दा पनि निकाल्नेको संख्यामा बृद्धि भएको र राष्ट्रिय वाणिज्य बैंकले
नेपाल राष्ट्र बैंकबाट आन्दोलनका कारण समयमा नोट ढुवानी गरेर ल्याउन नसकेकोले जिल्लामा रकम अभाव भएको
बाणिज्य बैंकका शाखा प्रबन्धक भोला कार्कीले बताए ।
बुधबार सम्म अधिक्तम ५० हजार बराबरको रकम
ग्राहकलाई दिईरहेकोमा विहिबारदेखी एक रुपैया समेत दिननसक्ने अवस्थामा रहेको प्रबन्धक कार्कीले बताए ।
उनले रावा बैंक गाईघाट शाखाले राष्ट बैक क्षेत्रिय कार्यालय जनकपुरबाट रकम ल्याउदै आएकोमा बन्दहडतालका
कारण नोट ढुवानी गर्न नसक्दा मौजाद रकमसमेत रित्तिदैँ गएको बताए ।
करिव ४० दिन देखि व्यापार व्यवसाय
ठप्प हुदाँ रकम जम्मा हुन नसक्नु र रेमिट्यान्स लगाएत अन्य विभिन्न कारोवारमा बढि रकम भुक्तानी भएको
कारण नोटको अभाव भएको शाखा प्रबन्धक कार्कीले बताए । राबा बैंकबाट मात्र दैनिक ३ देखी ४ करोडको नोटको
कारोबार हुने गरेको छ ।
यता सरकारी बैंकको रुपमा रहेको नेपाल बैंकमा समेत रकम अभाव हुन थालेको शाखा
प्रबन्धक धर्मेन्द्रलाल कर्णले बताए । सदरमुकाम स्थित रहेको निजी बैंक ग्लोबल बैंकमा समेत रकम अभाव
हुँदै गएको जनाईएकोछ । दैनिक करिब करोडौं रकम निकासा भईरहेको तर जम्मा भने न्युन भएकोले रकम अभाव हुन
थालेको बैंकका शाखा प्रबन्धक सुमित गिरीले बताए । गिरीका अनुसार रकम निकासाका लागी लहान, सिराहा, जनकपुर
लगायतका क्षेत्रबाट समेत ग्राहक रकम निकासाका लागी आउने गरेकोले रकम अभाव तिव्र हुँदै गएको हो ।
राबा
बैंकका शाखा प्रबन्धक कार्कीका अनुसार नोट ढुवानीका लागी नेपाली सेनाको हेलीकप्टरबाट ढुवानी गर्न पहल
भईरहेकोले समस्या छिट्टै समाधान हुने बताए । तर सेनाले सुरक्षाको कारण देखाउँदै आलटाल गरिरहेको श्रोतले
जनाएको छ । उदयपुरमा निजी क्षेत्रका एक दर्जन बाणिज्य बैकहरु संचालनमा रहेका छन । बन्दहडताल जारी रहँदा
नजिकिँदै गएको दशै, तिहार जस्ता चाडपर्ब समेत असर पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा