२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङमा काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाहीको तयारी

२० जेष्ठ २०७५, आईतवार १०:२८

जेठ २० धादिङ | थाक्रे गाउँपालिका– ११ मा पक्की पुल निर्माण गर्न ठेक्का लिएको इशान कन्सट्रक्सनले तोकिएको मितिभन्दा चार वर्ष बढी समय भइसक्दा समेत काम पूरा गरेको छैन । 

डिभिजन सडक कार्यालयले पटक÷पटक म्याद थपेर पनि काम नगरेपछि कालोसूचीमा राखेर पुनःठेक्का लगाएको छ । 

सडक डिभिजन कार्यालयले कारबाही भने गर्न सकेको छैन । 

गत वर्ष नै निर्माण गरिसक्नुपर्ने नाना कन्सट्रक्सनले धुषा स्वास्थ्यचौकी भवन, हुलाकभञ्ज्याङ चैनपुर बाँकोटघाट सडकस्तर उन्नती, गल्छीपुल डुम्रीचौर सडक, चिसापानी कोइलीखर्क सडक स्तरोन्नतिलगायत काम सम्पन्न भएको छैन । 

गृह मन्त्रालयको परिपत्रअनुसार जिल्ला प्रशासन कार्यालयले ठेक्का लिएर समयमै काम नगर्ने ठेकेदार कम्पनीको विवरण तयार गरी मन्त्रालयमा पठाइएको र आदेश आएपछि कारबाहीको प्रक्रियामा जाने सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताउनुभयो । 

डिभिजन सडक कार्यालय चितवनको १३ वटा ठेक्का, जिल्ला प्राविधिक कार्यालयको तीनवटा तथा शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धादिङको आठवटा ठेक्काको काम ठेकेदार कम्पनीले सन्तोषजनक रुपमा गर्न नसकेको विवरण गृहमन्त्रालयमा पठाइएको ढकालले बताउनुभयो । 

सडक, पुल, स्वास्थ्य चौकी, सडकको स्तरोन्नतिलगायत काम ओगटेर तोकिएको समयमा काम नगर्ने ठेकेदार तथा ठेकेदार कम्पनीलाई काम सन्तोषजनक नभएमा तत्कालै कारबाही गर्न सकिने प्रावधान छ । 

पटक÷पटक विभिन्न कारण देखाएर सम्झौताको म्याद थप गर्ने गरिएपछि काममा लापरबाही हुने गरेको र गुणस्तरमा समेत सम्झौता हुने गरेको छ । विभिन्न २४ वटा योजनामा ठेक्का लिएका २० वटा ठेकेदार कम्पनीले तोकिएको समयमा काम नगरेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य