पढ्न करिब 2 मिनेट लाग्छ

टेकबहादुर शाही | जेठ २२, दुनै | बिश्व बातावरण दिवसमा बिद्यालयका बालवालिकाले बृक्षारोपन गरौ,बन फडानी नगरौ हरियाली बनाउ भन्दै सड्क नाटक प्रस्तुत गरेका छन । बिश्व बातावरण दिवस र १९ र्औ सरसफाइ सप्ताहको अबसरमा दुनै बोर्डिङ स्कुलका बालवालिकाले जनचेतनामूलक सन्देश बोकेको सड्क नाटक प्रस्तुत गरेका थिए ।

एक कर्मचारी एक फलफूलको बिरुला लगाउने लक्ष्य अनुरुप जिल्लाका २७ भन्दा धेरै सरकारी कार्यालयहरुका खाली जग्गाहरुमा कागतिका बिरुवा लगाइएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । उलने भने हामीले बृक्षारोपन गरेनौ भने भएको बिरुवा पनि संरक्षण गरेनौ भने भाबी शन्ततीको अबस्था भयाभह हुन सक्छ त्यसैले समयमा नै सोच्न जरुरी छ । उनले थपे दिवसमा मात्र नभएर अन्य समयमा पनि सबै सरकारी तथा गैरसरकारी कार्यालयहरुले आफना प्राङगण हराभरा बनाउन जरुरी छ जसबाट नागरिकले पाठ सिकुन ।

जिल्लाका कार्यक्रममा संघियता पछि सबै भन्दा धेरै सरकारी कर्मचारीहरु उपस्थिती भएर बिश्व बाताबरण दिवस तथा १९ र्औ सरसफाइ सप्ताह मनाएको यो पहिलो पटक भएको नागरिक साजको दावी रहेको छ । हाल हरेक मिनेटमा बातावरणमा प्लाष्टिकले पोलुसन गरि रहेको अबस्थामा बृक्षा रोपन नै हरितगृह उत्पादनको एक मात्र आधार भएकोले बृक्षारोपनमा जोड दिन जिल्ला बन कार्यालय डोल्पाले आग्रह गरेको छ ।

दैनिक उपभोग तथा काम काजको लागि जंगलको प्रयोग गर्ने क्रममा बन फडानी बढ्दो क्रममा रहेकोले हरितगृह ह्रास हुदै गएको छ । पोलुसनले मानिसको स्वास्थयमा पारेको प्रभाबबारे मानिसलाइ जानकारी नहुने र एकै पटक बिरामी हुने बिभिन्न खाले समस्याहरु आउने गरेको बिज्ञहरु बताउछन ।

जिल्लाका सबै बिद्यालयहरु बन्द रहेको बेलामा दुनै बोर्डिङ स्कुलका एक सय जना भन्दा धेरै बालवालिकाले बिश्व वातावरण दिवस तथा सरसफाइ सप्ताहका बिभिन्न नाराहरु रहेका प्लेकार्डहरु,ब्यानर र नेपालको झण्डा बोकेर र्यालीमा सहभागि भएका थिए ।