टेकबहादुर शाही | जेठ २२, डोल्पा | डोल्पामा हाल रहेका सरकारी कार्यालय मध्य ७ वटा सरकारी कार्यालयमा कार्यालय प्रमुख बिहिन रहेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाले लामो समय पछि गरेको कार्यालय अनुगमनको क्रममा यस्तो तथ्य पत्ता लागेको हो ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको नेतृत्वमा जिल्लाका सबै सरकारी कार्यालयमा अनुगमन गर्दा सात वटा सरकारी कार्यालयमा कार्यलय प्रमुख बिहिन भेटिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ । जिल्लाका सरकारी कार्यालयहरुका करिव ९० जना कर्मचारीहरु नै छैनन प्रमुख जिल्ला अधिकारी थापाले भने ।

धेरै लामो समय पछि प्रमुख जिल्ला अधिकारीले आफै जिल्लाका सरकारी कार्यालयको अनुगमन गरेका हुन । अनुगमनका क्रममा जिल्ला कृषि बिकास कार्यालय, जिल्ला आयूर्बेद स्वास्थ्य कार्यालय,कोष तथा लेखा नियन्त्रण कार्यालय,खानेपानि तथा सरसफाइ सव डिभिजन कार्यालय, जिल्ला हुलाका कार्यालय, जिल्ला पशु सेवा कार्यालय र जिल्ला स्वास्थ्य कार्यालय गरि ७ वटा कार्यालयका प्रमुखहरु जिल्लाका कार्यालयमा नभएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

मुख्य सात वटा कार्यालयका प्रमुख र जिल्ला भर ९० जना कर्मचारीहरु कार्यालयमा नहुनु निकै दुखदायी अबस्था भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापमाले बताए । उनले भने यसरि सेवाग्राहीको काम प्रभाबित पारेर कार्यालय भन्दा बाहिर बिना जानकारी बस्ने कर्मचारीहरुलाइ कारवाही हुन्छ मैले आवास्यक प्रकृया अगाडि बढाइ सकेको छु ।

अनुगमनको क्रममा कार्यालय प्रमुख र कर्मचारीहरुको हाजिरि,नागरिक सहायता कक्ष,कर्मचारीले सेवाग्राहीलाइ गर्ने ब्याबहार, सफा र स्वच्छ पिउने पानि र कार्यालय परिसर तथा कार्यालयको ब्यवस्थापनका बारेमा अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।

हाल सम्म पनि जिल्लाका सरकारी कार्यालयमा टोकन प्रणालीबाट सेवा प्रदान र बिद्युतिय प्रणालीबाट हाजिर गर्ने प्रणालीको सूरुवात कतै पनि नभएको भेटिएको छ । प्रमुख जिल्ला अधिकारी थापाले भने बिद्युतिय हाजीर र टोकन प्रणालीबाट सेवा जिल्ला प्रशासानबाट भै रहेकोर अब सबै कार्यालयहरुले त्यसो नगरे कारवाही गर्ने निर्देशन दिएको छु तत्तकाल कामको थालनी हुनु पर्छ ।

डोल्पामा ७ सरकारी कार्यालय प्रमुख बिहिन