पढ्न करिब 1 मिनेट लाग्छ

जेठ २३ पोखरा | ‘गुहार ! गुहार ! लौन मेरो घर पहिरोमा पर्यो, मेरो छोरो पुरियो’ बिहान लगभग १२ बजे पोखराको भलाम जाने सडक मार्गमा पहिरोले घर पुरिएर एवं भत्केर समस्यामा परेका सर्वसाधारणको यस्तो चित्कार सुनिन्थ्यो । मानिसहरु जम्मा भएका थिए । कोहीखन्दै थिए, कोही मरेका जस्ता देखिएका थिए, कोहीको आधा ज्यान माटोमा आधा बाहिर थियो तर घटना बास्तबिकता नभई बिपत पर्दा कसरी उद्दार गर्ने भन्ने तालिमको थियो ।

हेर्न गएका मनिसहरुलाई लाग्थ्यो त्यहाँ साँचै केही भएको छ, घर भत्केको छ, मानिस पुरीएका छन् । हो सामान्यतया अब बर्खा लाग्यो, बर्खासंगै बाढी पहिरोमा मानिहरुको ज्यान जान सक्छ, घर पुरिन सक्छन् भने हेतुले यो अभ्यास गरियो हो । यो अध्यास पश्चात् अब पहिरोका कारण हुने क्षती र त्यसको न्यूनिकरणमा मद्दत पुगने बिश्वास गरिएको छ ।