अजयकुमार साह, असोज १०, उदयपुर ।
जिल्लाको पहाडी गाविस आँपटारमा आफ्नै आमाले ६ महिने छोरीको हत्या गरेकी छिन् ।
जिल्लाको आपटार गाविस वडा नं. १ की २७ बर्षिय पार्वती राईले ६ महिने छोरी सुम्निमा राईको हत्या गरेको हो
।
छोरीलाई पेटमा चुप्पी घोपेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी नायब उपरीक्षक
सुरेन्द्र बहादुर गुरुङले बताएका छन् । डी.एस.पी गुरुङका अनुसार हत्या आरोपित आमा पार्वतीलाई प्रहरीले
नियन्त्रणमा लिईसकेको छ ।
मृतक बालिकाको सव पोष्मार्टमको लागि जिल्ला अस्पताल गाईघाटमा ल्याउन
लागिएको प्रहरीले जनाएको छ ।