2026-10-29 05:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पाको सरकारी कार्यालयमै सौचालय फोहोर

टेकबहादुर शाही | जेष्ट २३, डोल्पा | डोल्पाका अधिकांश सरकारी कार्यालयका सौचालयहरु फोहोर भेटिएका छन ।  सरसफाइ सप्ताहको दोस्रो दिन जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समिति डोल्पाले गरेको अनुगमनको क्रममा अधिकांश सरकारी कार्यालयहरुमा सौचालयको सरसफाइ नभएको यस्तो तथ्य बाहिर आएको हो । 

अनुगमन टोलीका अनुसार सौचालय तथा अन्य सरसफाइको अबस्था कम्जोर रहेका सरकारी कार्यालयहरुमा जिल्ला हुलाक,जिल्ला स्वास्थ्य,जिल्ला समन्वय समिति,जिल्ला कारागार,जिल्ला प्रहरी कार्यालयको हवलदार र जवानले प्रयोग गर्ने सौचालय,जिल्ला कृषि बिकास,जिल्ला अस्पताल,जिल्ला प्रशासन,घरेलु तथा साना उद्योग बिकास,जिल्ला प्राबिधिक, र सरस्वती माध्यामिक बिद्यालय लगायतका सौचालयहरु सरसफाइको दृष्किोणमा जिर्न तथा कम्जोर अबस्थामा भेटिएको तथ्याङ्क सार्वजानिक भएको छ । 

त्यसैगरि मध्यम तहमा रहेका कार्यालयहरुमा महिला तथा बालवालिका कार्यालय,शिक्षा बिकास तथा समन्वय ईकाइ,नापी,कोष तथा लेखा नियन्त्रण,जलउत्पन्न,पशु सेवा,बिद्युत प्राधिकरण,जिल्ला बन,नेपाल टेलिकम,ठुलीभेरिनगरपालिाका,नेपाल बैँक,सरकारी वकिल,जिल्ला आयुर्बेद, रहेका छन । 

जिल्लामा रहेका गैरसरकारी कार्यालयका सौचालयहरु अधिकांश सरसफाइ नै रहेको अनुगमन टोलीले जानकारी दिएको छ । टोलीको अनुसार सौचालयका सामाग्रीहरुको प्रयोग कतै पनि नभएको पाइएको जानकारी दिएको छ । सफा र स्वच्छ सौचालयको प्रयोग गर्नेहरुमा खानेपानी,जिल्ला अदालत,नेपाल रेडक्रस,जिल्ला मालपोत,जिल्ला निर्वाचन र नेपाल खाद्य संस्थानका साथै गैरसरकारी कार्यालयमा आरआरएन रहेका छन । 

जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्य समितिले जिल्लाका ४९ वटा कार्यालयहरुको सरसफाइ र सौचालयको अबस्थाका बारेमा अनुगमन गरेको छ । जस मध्य खानेपानी,नेपाल रेडक्रस र आरआरएनमा गरि ३ वटा सौचालय मात्र महिनावारी मैत्रि सौचालय भेटिएको अनुगमन टोलीले जानकारी दिएको छ । 

पछिल्लो समय जिल्लामा स्वच्छकर शौचालयको प्रयोगको अबस्था खस्किदो अबस्थामा रहेकाले यसलाइ सुधार गर्न सबै कार्यालयहरुले योजना बनाउनपर्नेमा खानेपानी तथा सरसफाइ सवडिभीजन कार्यालयका निमित्त प्रमुख केबलकुमार खत्तिवडाले जोड दिए । उनले भने अनुगमनले खास कुरा बाहिर ल्याउने मात्र हो सुधार आफैले गर्ने हो कार्यालयका शौचालयका बारेमा नागरिकले जान्न जरुरी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने