२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको सरावलमा आर्सेनिकका कारण चुनौति: अध्यक्ष चौधरी

२०७५, २४ जेष्ठ बिहीबार १६:१२

मोहन पौडेल । जेठ २४, परासी | पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा शुद्ध खानेपानीको व्यवस्थाका लागि निकै चुनौति रहेको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताउनुभएको छ । आर्सेनिक प्रभावित सो गाउँपालिकामा करिव दुई सय फिट तलसम्म पनि आर्सेनिक युक्त पानीनै आउने गरेको उहाँले बताउनुभयो । 

गाउँपालिकाको बजेटले मात्र शुद्ध खानेपानीको पहुँचमा पुराउन सकिने अवस्था नभएको अध्यक्ष चौधरीले बताउनुभएको छ । १९ औँ राष्ट्रिय सरसफाई सप्ताह २०७५ को अवसरमा सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्ज र सरावल गाउँपालिकाको संयुक्त आयोजनामा विहिबार सरावलमा भएको सरसफाई सामग्री वितरण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चौधरीले सो कुरा बताउनुभएको हो ।

गाउँपालिकाबासीलाई शुद्ध खानेपानीको व्यवस्थाका लागि प्रदेश र केन्द्र सरकारसँग माग गरिएको पनि उहाँले जानकारी दिनुभयो । यसैगरी सरावल गाउँपालिकाको फोहोर व्यवस्थापन गरी सरसफाई युक्त गाउँपालिका बनाउन पनि लागिरहेको अध्यक्ष चौधरीले बताउनुभयो । सरसफाई सम्बन्धि सचेतना सँगै गाउँपालिका भित्रको फोहोर व्यवस्थापनका लागि वडा नं १ को जंगल क्षेत्रमा व्यवस्था मिलाईएको र फोहोर संकलनलाई पनि व्यवस्थित बनाईने अध्यक्ष चौधरीले बताउनुभयो । यस्तै कार्यक्रममा सरावल गाउँपालिकाकी उपाध्यक्ष उत्तमा रायले सरसफाई व्यक्तिले आफैबाट सुरुवात गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कुरामा भन्दा पनि सरसफाई सम्बन्धि कुराहरु व्यवहारमा प्रयोग गर्न सकिए मात्र पुर्ण सरसफाई र स्वस्थ गाउँपालिका बनाउन सकिने धारणा राख्नुभयो ।


कार्यक्रममा सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मी, सरावल वडा नं ३ का वडा अध्यक्ष अणेन्द्र राय, कार्यपालिका सदस्य चन्दा चौधरी, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ओम देवकोटा, सामुदायिक रेडियो परासीका प्रवन्ध निर्देशक मेघराज गौतम लगायतले सरसफाईको महत्वबारे प्रकाश पार्नुभएको थियो । सोही अवसरमा सरावल गाउँपालिकाका वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकि लगायतलाई दुई/दुई वटा डष्टविन पनि वितरण गरिएको गाउँपालिकाले जनाएको छ । राष्ट्रिय सरसफाई सप्ताह अन्तरगत भोली चौँथो दिन सुनवल स्थित महाकवि देवकोटा माविमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना हुदैँ छ । सामुदायिक रेडियो परासीले विभिन्न स्थानीय तह तथा संघ संस्थाहरुको सहकार्यमा सरसफाई सप्ताह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश